Home समाचार राजपा र समाजवादीबीच पार्टी एकता

राजपा र समाजवादीबीच पार्टी एकता

काठमाडौं ११ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार राति पार्टी एकता घोषणा भएको छ । राजपा नेपालका संयोजक शरतसिंह भण्डारीको निवासमा ललितपुरमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुनेछ भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नयाँ पार्टीको झण्डा हुने छ । यस्तै राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नव घोषित पार्टीको चुनाब चिन्ह हुनेछ । अहिले एकीकृत पार्टीको नाम, झण्डा र चुनाब चिन्ह घोषणा गरिएको राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताउनुभयो ।
समानताको आधारमा बिस्तारै नेताहरुको मर्यादाक्रम तोकिने र सांंंठनिक एकता हुने नेता यादवको भनाई छ । दुवै पार्टीका चार/चार नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा पनि समानताका आधारमा पार्टी एकता गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार राजपा र समाजवादीबीच पार्टी एकता

Most Popular

Recent Comments