Home समाचार खोलामा डुबेर १ को मृत्यु

खोलामा डुबेर १ को मृत्यु

दमक १० बैशाख । उर्लाबारी नगरपालिका–१ का एक बालकको खोलामा डुवेर मृत्यु भएको छ ।
उर्लाबारी–१ का हस्तबहादुर राईका १४ वर्षीय छोरा सन्देश राईको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट लगभग–१ किलोमिटरको दुरीमा रहेको बक्राखोलामा सन्देशलाई डुबी रहेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्दार गरी उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा पुर्याइएको थियो । सन्देशको उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार खोलामा डुबेर १ को मृत्यु

Most Popular

Recent Comments