Home समाचार कोरोना कहर : तीन थपिए, दुई फर्किए

कोरोना कहर : तीन थपिए, दुई फर्किए

धरान १० बैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका जमाती समूह मध्ये थप तीन जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
२४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भएको छ । देवकोटाका अनुसार थप कोरोना पुष्टि भएका जमाती समूहकै सदस्य रहेको बताइएको छ ।
मस्जिदमा बसेका १६ जना जमाती मध्ये–१२ जना (११ भारतीय र एक नेपाली) मा ५ बैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । अर्का एक नेपालीमा बैशाख ६ गते कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानएको थियो ।
संक्रमण नदेखिएका तीन जनालाई टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका दुईजना निको भएर घर फर्किएका छन् । घर फर्किनेमा टेकु अस्पतालमा उपचार गराइरहेका धार्दिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचाररत कञ्चनपुरका ४० वर्षीय पुरुषले निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा संक्रमित मध्ये ७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
बुधबार निको भएर घर फर्किएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुनुहुन्छ । उहाँ चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी (९५३७ विमानमा नेपाल आउनु भएको थियो ।
कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका घर हुनुभएका ४० वर्षीय पुरुष भारतबाट आउनु भएको हो । उहाँको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले बुधबार डिस्चार्ज गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोना कहर : तीन थपिए, दुई फर्किए

Most Popular

हुण्डाईको ‘नयाँक्रेटा-दि अल्टिमेट एस.यू.भि’नेपाली बजारमा

झापा । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्रआधिकारिक बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको “नयाँ क्रेटा(दि अल्टिमेट एस.यू.भि”नेपाली बजारमा सार्वजनिक गरेको छ । सो...

सयपत्रीमा यामाहाको जेडआर स्कूटर

विर्तामोड । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ विर्तामोडमा सार्वजनिक गरिएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ...

कोरोनाबाट २४ घण्टामा १ हजार ४९७ मा संक्रमण, १७ को निधन

झापा । पछिल्लो २४ घण्टामा ११ हजार ४५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४९७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने यो...

पारिश्रमिक नदिने विद्यालय बिरूद्ध इस्टुले कानूनी उपचार खोज्ने

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको असोज ३ गतेको जिल्ला भेलाको निर्देशन अनुसार श्रम ऐन तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त...

Recent Comments