Home समाचार समाचार नारायण सेवासहित राहत वितरण

नारायण सेवासहित राहत वितरण

नारायण सेवासहित राहत वितरण
विर्तामोड ८ बैशाख । सडकपेटीमा आश्रित ब्यक्तिहरुको जीवन लकडाउनका कारण अत्यन्तै प्रभावित भइरहेका बेला झापाका साईभक्तहरुले चरणबद्ध रुपमा खाना खुवाउँदै राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरेका छन् ।
विभिन्न कारणले सडकपेटीमा वेवारिसे जीवन विताइरहेकाहरुले अरु समय शहर–बजारका ब्यापारी–ब्यवसायीसँग मागेर गुजारा चलाउँदै आएका थिए । लकडाउनका कारण ब्यापार–ब्यवसाय बन्द भएपछि उनीहरुको दैनिकी कष्टकर बनिरहेको छ । सरकारले सडकपेटीमा आश्रितलाई राहत पु¥याउन सकेको छैन भने अरुको समेत यसतर्फ ध्यान नपुग्दा उनीहरु भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेपछि साइभक्तहरुले नारायणसेवासहित राहत उपलब्ध गराएका हुन् ।
सडक पेटीमा आश्रित सर्वसाधारणले भोकभोकै बस्नुपर्ने अवस्था देखिएका बेला सत्य साइ सेवा केन्द्रका विभिन्न शाखा र भजन समूहमा आबद्ध साइभक्तहरुले चरणबद्ध रुपमा खाद्यान्न वितरण गरेका हुन् ।


चैत २२ गतेबाट ‘साई अभियान ः एक सक्षम घर, कम्तीमा एक सेवा पोका’को अभियान थालेका साइभक्तहरुले २४० पोका खाद्यान्न वितरण गरेका हुन् । यही अभियान अन्तरगत आज दोमुखामा ६० जनालाई खाना खुवाइएको (नारायण सेवा गरिएको) सत्य साई सेवा संगठन प्रदेश १ –क) का अध्यक्ष कविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
खाद्यान्नको पोकामा चामल, दाल, नून, तेल, लगायतका अत्यावश्यक सामग्री राखिएको छ भने केही स्थानमा आलु, आँटा, सावुन समेत वितरण गरिएको बताइएको छ । उक्त पोका हालसम्म २४० जनालाई वितरण गरिएको उहाँले बताउनुभयो । खाद्यान्नको पोका वितरणका क्रममा साइभक्तहरुले विभिन्न स्थानमा भोकभोकै रहेकाहरुलाई नारायण सेवा पनि गराएका हुन् । यसैगरी साईभक्तहरुले बाफ उद्धार केन्द्र काकडभिट्टा, स्वबोध साधना केन्द्र बालआश्रम, मेचीनगर–९, हाम्रो बाल आश्रम दमक, सिद्धेश्वर गुरुकुल शिक्षा, कमल गाउपालिका र दमकको वृद्धाश्रममा पनि नारायण सेवा गराएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार नारायण सेवासहित राहत वितरण

Most Popular

Recent Comments