Home समाचार सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

झापा ८ बैशाख । ताप्लेजुङ–झापा सरोकार समाज झापाले दुई सुरक्षा निकायलाई कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि प्रयोग गरिने स्वास्थ्य सम्बन्धी सामग्री विर्तामोडमा प्रदान गरेको छ ।
समाजले सोमबार कोरोना संक्रमणबाट बच्न अत्यावश्यक मानिएको हेन्ड सेनिटाइजर नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई एकसय ५०/एकसय ५० थान सेनिटाइजर प्रदान गरिएको समाजका अध्यक्ष होमप्रसाद काफ्लेले जानकारी दिनुभयो ।


सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका नेपाल प्रहरी र शसस्त्रलाई अत्यावश्यक हेन्ड सेनिटाइजर जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइराला र सशस्त्रका एसपी रेशम थङ्सुलाई प्रदान गरिएको समाजका उपाध्यक्ष ज्ञानुराम प्रसाईले जानकारी दिनुभयो ।
सुरक्षाकर्मीलाई सहयोग प्रदान गर्ने क्रममा विपतमा मानवीय सहयोगमा हातेमालो गर्ने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले शसस्त्र प्रहरीलाई ४५ थान त्रिपाल प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी विर्तामोड निबासी उर्मिला ढकाल पोखरेलले एकसय थान हेण्ड सेनिटाइजर, माक्स र ग्लोब्स शसस्त्र प्रहरीलाई प्रदान गर्नु भएको बताइएको छ । स्वास्थ्य सम्बन्धी सामग्री ग्रहण गर्दै नेपाल प्रहरी र शसस्त्रका दुवै प्रहरी प्रमुखले सीमामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सावधानीका सामग्रीदेखि खाने तथा बस्ने सामग्रीको समेत समस्या भएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

Most Popular

Recent Comments