Home समाचार प्रदेश १ मा ४ हजार ४९ जना होम क्वारेन्टाइनमा

प्रदेश १ मा ४ हजार ४९ जना होम क्वारेन्टाइनमा

विराटनगर । प्रदेश १ मा शनिबारसम्म एकहजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो ।
सबैभन्दा बढी आरडिटी विधिबाट एकहजार पाँचसय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । सुनसरीको हरिनगरामा परीक्षण गर्दा एकजना पुरुषमा पोजेटिभ आएको हो । बाँकी दुई जनाको पिसिआर विधिबाट गरीने परीक्षणमा नेगेटिभ देखिसकेको छ ।
पीसीआर विधिबाट गरिएका कूल तीनसय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ । उनीहरुको नमूना कोशी अस्पतालपछि काठमाडौमा लगेर पुनः परीक्षण गर्दा पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । सबै उदयपुरको मस्जिदमा बस्दै आएकाहरु हुन । संक्रमित मध्ये ११ भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । उनिहरुको उपचार प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पतालमा भइरहेको छ ।
आरडीटी विधिबाट जम्मा दुईसय १० महिला र एकहजार तीनसय १६ जनाको परीक्षण भएको छ । पीसीआर विधिबाट भने ६८ महिला र तीनसय तीन जना पुरुषको परीक्षण भएको हो । ५७ पुरुष र २ सय ८६ पुरुषको नतिजा भने नेगेटिभ आएको छ । स्वाब संकलन गरेको ल्याबमा ल्याएर गरिने परीक्षण विधि पीसीआर हो ।
कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म कूल छसय छ जना पुगेको छ । २० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा पाँच महिला र १७ पुरुषसहित २२ जना छन् ।
होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रदेश १ मा ४ हजार ४९ जना होम क्वारेन्टाइनमा

Most Popular

Recent Comments