Home समाचार आर्मी ब्यारेकको मेसमा काम गर्छु भन्दै ठगि गर्ने जेल चलान

आर्मी ब्यारेकको मेसमा काम गर्छु भन्दै ठगि गर्ने जेल चलान

झापा ६ बैशाख । विभिन्न छद्म नामसहित आफूलाई आर्मी बताउँदै ठगी गर्ने एक ब्यक्ति कारागार चलान भएका छन् ।
आफू आर्मी हुँ , ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेको सामानहरु विक्री गर्नुछ भन्दै पसलेलाई सस्तोमा सामान दिन्छु भन्दै ठगि गर्दै हिड्ने राजकुमार राउत कारागार चलान भएका हुन् । सप्तरी जिल्लाको साविक दौलतपुर गाविस घर भएका राउत हाल झापाको भद्रपुरस्थित मिलन चौकमा बस्दै आएका थिए । प्रदिप कार्की, राजन काफ्ले, दुर्गा कार्की, रामकुमार राउत आदि नाम बताउँदै ठग्ने गरेको प्रहरीले जनाएको छ ।
विभिन्न ठाउँमा छद्म नाम बताउँदै ठगि गर्दै हिड्ने रामकुमार राउत भनिने राजकुमार राउतले ठगि गरेको भन्दै झापा चारआलीका डाकबहादुर राईसहित धुलाबारी, विर्तामोड र भद्रपुरका १० जनाले उनीविरुद्ध उजुरी दिएका थिए ।
१० जनाले ५७ लाख ८६ हजार रकम ठगि गरेको भन्दै दिएको जाहेरी पछि पक्राऊ परेका राउतलाई जिल्ला अदालत झापाले शुक्रबार ६२ लाख ५० हजार धरौटी माग गरेको थियो । अदालतको माग बमोजिमको धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदिप कार्की, राजन काफ्ले, दुर्गा कार्की जस्ता छद्म नाममा ठगिको आरोपमा २०७६ साल चैत ६ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार आर्मी ब्यारेकको मेसमा काम गर्छु भन्दै ठगि गर्ने जेल चलान

Most Popular

Recent Comments