Home समाचार गाई र गोरू काट्ने ९ जना पक्राउ

गाई र गोरू काट्ने ९ जना पक्राउ

दमक ५ बैशाख । झापाको दमक र खोटाङको हलेसीबाट गाइ र गोरु काटिरहेको अवस्थामा नौजना पक्राऊ परेका छन् । बुधबार बेलुका झापाको बेलडाँगी शिविरमा गाइ काटिरहेको र खोटाङको हलेसीमा गोरु काटिरहेको अवस्थामा प्रहरीले दुवै स्थानबाट नौ जनालाई पक्राऊ गरेको सम्बन्धित क्षेत्रका इलाका प्रहरी कार्यालयलाई उदृत गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
झापाको दमकस्थित बेलडागी–२ भुटानी शरणार्थी शिविरमा गाई काटिरेहको अवस्थामा २ जना पक्राऊ परेका छन । पक्राउ पर्नेमा बेलडागी–२ हर्ट नम्बर २५९सेक्टर नम्बर ब् को २६ बर्षीय सुनिल गुरुङ र बेलडागी–२ हर्ट नम्बर २०८सेक्टर नम्बर ब्घ का ३२ बर्षीय खगिन्द्र दुलाल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बुधबार बेलुका सवा ८ बजे निजहरुले गाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नसाथ तत्काल खटिएको प्रहरी टोलीले दुबैजनालाई मासु काटिरहेको अवस्थामा पक्राऊ गरिएको जनाएको छ ।
यसै गरी खोटाङ हलेसी तुवाचुङ–५ मयांखुबाट पनि गोरू काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान निवासी देशबहादुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की, अमृत सार्की, सिता सार्की र लिला बहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । बुधबार साँझ ६ बजे स्थानीयले दिएको सुचना अनुसार खटिएको प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार गाई र गोरू काट्ने ९ जना पक्राउ

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments