Home समाचार समाचार नेपालमा कोरोना संक्रमीत ३० पुग्यो

नेपालमा कोरोना संक्रमीत ३० पुग्यो

विर्तामोड ५ बैशाख । छिल्लो ७२ घण्टापछि एकैदिन १४ जनाको स्वाव परिक्षण पोजेटिव देखिएपछि नेपालमा कोरोना संक्रमीतको संख्या ३० पुगेको छ । प्रदेश नं –१ अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३, झुल्केस्थित मस्जिदमा रहेका १२ जना र चितवन जिल्लाको राप्ति नगरपालिका–८ का २ जनाको स्वाव परिक्षण पोजेटिव आएसँगै नेपालमा संक्रमीतको संख्या ३० पुगेको हो । कोशी अस्पतालमा गरिएको रयापिड डाइनोस्टिक टेष्टमा पोजेटिव देखिएपछि उदयपुरका १२ जनाको स्वाव पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा पनि कोरोना संक्रमण पोजेटिव देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेसँगै संक्रमीतको संख्या ३० पुगेको हो । उनीहरु दिल्लीको एक मस्जिदमा आयोजित मुस्लिम धर्मावलम्बीको तवलिगी जमातमा सहभागी भएर आएका जमाती भएको बताइएको छ । उनीहरु सबै पुरुष हुन् भने २२ देखि ३४ बर्षवीचका रहेको बताइएको छ ।
मस्जिदमा नयाँ मानिसहरु दखिएपछि स्थानीयले खबर गरेपछि स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली त्यहाँ भेटिएको थियो । त्यसपछि परीक्षण गरिएको थियो ।
सुरुको रयापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो । कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ‘ देखिएपछि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
वेलायतबाट चैत ३ गते कतार एयरवेज हुँदै नेपाल फर्किएका चितवनको राप्ति नगरपालिका–८ का दुईजनामा पनि कोरोना पोजेटिव देखिएको स्वास्थ मन्त्रालय इपिडिमियोलोजी प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई चितवन अस्पतालको आइशोलेशनमा राखेर उपचार गराइदैछ । उनीहरुमा कोरोनाको बाहिरी लक्षण नदेखिएपनि स्वाव परिक्षणमा भने कोरोना पोजेटिव पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टी भएसँगै उनीहरु अहिलेसम्म कसकसको सम्पर्कमा गए भन्ने खोजी भइरहेको बताइएको छ ।
नेपालमा कोरोना संक्रमीतमध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने यसअघि संक्रमीतमध्ये १५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
महामारीको रुपमा फैलिएको र हालसम्म औषधि पत्ता नलागेको कोरोना भाइरस संक्रमणबाट हाल विश्वमा १ लाख ४७ हजार बढीको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार नेपालमा कोरोना संक्रमीत ३० पुग्यो

Most Popular

Recent Comments