Home समाचार प्रदेश १ मा तीनसय ४१ को पीसीआर परीक्षण

प्रदेश १ मा तीनसय ४१ को पीसीआर परीक्षण

विराटनगर । प्रदेश १ मा विहीबारसम्म ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएको छ । परीक्षण गरिएकामा ६५ महिला र २ सय ७६ पुरुष छन ।
परीक्षण नतिजा ४९ महिला र २ सय ४३ महिलाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । पीसीआर विधिबाट नमूना परीक्षण गरिएका मध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ ।
त्यस्तै आठ सय २६ जनाको दु्रत परीक्षण विधि (आरडिटी) गर्दा १ जनाको पोजेटिभ रिपोर्ट देखाएको थियो भने बाँकी आठ सय २५ जनाको नेगेटिभ रिपोर्ट आएको बताइएको थियो । त्यसमा झापा हल्दिवारीका एक व्यक्तिको द्रुत परीक्षण विधिमा पोजेटिभ देखिए पनि पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको सूचना डेक्सले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार हालसम्म दुबै विधिबाट आएको परीक्षणहरुको नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तिव्रता दिएको जनाएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म कूल ५ सय ६८ जना छ । जसमा ४ महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । क्वरोन्टाइनमा ६८ महिला र ५ सय पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।
होम क्वारेन्टाइनमा ६ सय ३५ महिला र ३ हजार एक सय ८१ पुरुष गरी जम्मा जम्मा ३ हजार ८ सय १६ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रदेश १ मा तीनसय ४१ को पीसीआर परीक्षण

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments