Home समाचार प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाइयो

प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाइयो

समुचित विकासको आधार तय–राई


विराटनगर ३ बैसाख । देशभर १६ जनामा कोरोना पुष्टी भइसकेका बेला प्रदेश–१ मा भने सबैको प्रतिवेदन नेगेटिभ देखिएको छ । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ भने छरितो विधि (रयापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ ।
ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको थियो । पीसीआरतर्फका १८ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ ।
डेक्सले दिएको जानकारी अनुसार सबैको परीक्षण नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन । आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ ।
यसैगरी पीसीआर विधिबाट प्रदेश १ मा बुधबारसम्म जम्मा २ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा ५० महिला र २ सय ३४ पुरुष छन् । प्राप्त नमुनामध्ये २ सय ६६ को रिपोर्ट आएको बताइएको छ । ती सबै नेगेटिभ छन् । परीक्षण गरिएकामध्ये ४२ महिला र २ सय २४ पुरुष छन् । १८ जनाको रिपोर्ट आउन बाँकी छ ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।
गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण शुरु भएको हो । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ । यसैगरी विराटनगरको कोशी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण शुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कूल ५ सय ६५ जना छ । जसमा ६२ महिला र ५ सय ३ जना पुरुष छन । तीमध्ये २५ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा भने १० जना छन् । होम क्वारेन्टाइनमा ६सय २७ महिला र ३ हजार ९२ पुरुष गरी जम्मा जम्मा ३ हजार ७ सय १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेको देखिएको छ ।
यसैबीच प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ ।
बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको बताउनुभयो ।
उहाँले यसअघि योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार नहुदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यन्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्र्दशनले योजना कार्यान्वयनको पारदर्शीता र योजनाबद्ध विकासलाई सघाउ पु¥याउने बताउनुभयो ।
सरकारले चाहेको आर्थिक संमृद्धिका लागि प्रभावकारी योजना चाहिने र प्रभावकारी योजनाका लागि विभिन्न प्रकारका मापदण्डहरुको पालना गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले यो दिग्दर्शनले त्यसका लागि वैज्ञानिक आधारहरु तयार गरेको बताउनुभयो ।
उहाँले अहिले कोभिड १९ ले गर्दा समग्र अर्थतन्त्रमा असर परेको र आगामी वर्षको योजना निर्माणमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको बताउँनुभयो । अर्थतन्त्रमा यसले पार्ने असर र त्यसको सामना गर्दै गर्नुपर्ने समुचित विकासका लागि समेत यो दिग्दर्शनले आधार तयार गरेको उहाँको भनाइ छ ।
अहिले कोरोना भाइसरका कारण देशमा लकडाउन रहेकाले विकासका कामहरु ठप्प भएकाले अत्यावश्यक योजनाहरुलाई सामाजिक दुरी कायम गरेर अगाडि बढाउने तयारी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले अहिलेको अवस्थामा विकास बजेट काटेर कोरोना कोषमा हाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । यस वर्षको विकास बजेटलाई कोरोनाले प्रभाव नपार्ने बताउँदै त्यसका लागि अन्य विभिन्न क्षेत्रको बजेट रोक्का गरिएको बताउनुभयो । भोलिका दिनमा कोरोनाले अर्थतन्त्रमा पार्नसक्ने प्रभावलाई मध्यजनर गर्दै बेरोेजगारी, खाद्यान्न संकट, उद्योग व्यवसायको संकटबाट ध्यान पु¥याउनुपर्ने अवस्था आउनसक्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढाइयो

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments