Home समाचार प्रदेश १ लाई कोरोना परीक्षण बुथ हस्तान्तरण

प्रदेश १ लाई कोरोना परीक्षण बुथ हस्तान्तरण

विराटनगर २ बैशाख । कोरोना परीक्षणका लागि सुरक्षित तरिकाले स्वाब लिन मिल्ने बुथ प्रदेश १ को सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई हस्तान्तरण गरेको हो ।
अल्मुनियमबाट निर्मित बुथ चार फिट चौडाई र आठ फिट उचाईको छ । यसमा कोरोना संक्रमित वा आशंकित व्यक्तिलाई भित्र राखेर चिकित्सकले स्वाब लिन मिल्छ । बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनको विशेषता रहेको पिन प्रदेश समितिका प्रदेश अध्यक्ष दिपक पौडेलले बताउनु भयो । यो बुथ इन्जिनियरहरु पवन झा, विभास मिश्रा, बिक्रम केसी र सम्पूर्ण आचार्यले निर्माण गरेका हुन ।
सामाजिक विकास मन्त्री घिमिरेले बुथको चावी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रालाई हस्तान्तरण गर्नुभएको छ । कोशी अस्पतालमा गत शुक्रबारदेखि कोरोनाका शंकास्पद व्यक्तिको नमूना संकलन शुरु भएको छ । मन्त्री घिमिरे भन्नुभयो, ‘‘बुथ प्रयोगका विषयमा टिका टिप्पणी नहोस् भन्नका लागि टिम तयार गरिएको छ ।’’ विज्ञ टिमको अध्ययन प्रतिवेदन मन्त्रालयमा आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यसको निर्माणमा एक लाख १ हजार ७५ रुपैयाँको खर्च भएको बताइएको छ ।
यसैगरी प्रदेश १ का स्वास्थ्यकर्मीका लागि निःशुल्क सिमकार्ड उपलब्ध गराइएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरी मंगलबारै सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ६ हजार ३ सय युरो सिम उपलब्ध गराएको एनसेल विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले बताउनु भयो। कोरोना भाईरस (कोभिड) १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सिमकार्ड उपलब्ध गराएको उहाँले बताउनु भयो । ती सिमकार्डमा जेठ महिनासम्मका लागि व्यालेन्स उपलब्ध गराइएको छ । ‘‘स्वास्थ्यकर्मीलाई रिचार्ज गर्न समस्या नहोस् भनेर व्यालेन्स सहितको सिमकार्ड दिइएको हो ।’’ प्राप्त सिमकार्ड तीन दिन भित्रमा सबै स्वास्थ्य कार्यालयमा पुग्ने गरी पठाइने मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रदेश १ लाई कोरोना परीक्षण बुथ हस्तान्तरण

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments