Home समाचार भारतमा मे ३ सम्म थपियो लकडाउनको अवधी

भारतमा मे ३ सम्म थपियो लकडाउनको अवधी

झापा । भारतमा आउँदो मे ३ तारिखसम्म लकडाउन लम्ब्याइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने घोषणा गरेका गर्नुभएको हो ।
कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन आज पूरा हुँदैछ ।
सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भइरहेको उहाँको भनाइ थियो । साथै उहाँले व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताउनु भयो ।
प्रधानमन्त्री मोदीले लकडाउनको अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताउनु भयो । उहाँका अनुसार भारतमा थपिएको लकडाउन अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्याङ्कन गरिने भएको छ । यदि लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शतर्कताका साथ केही राहत दिइने प्रस्ट पार्नुभयो।
उहाँले लकडाउनको पूर्ण पालना गर्न र जुन ठाउँमा छौँ त्यही ठाउँमा रहन सचेत गराएका छन् । साथै उनले नागरिकसँग सात वटा बुँदामा साथ माग्नु भएको छ ।
– वृद्धवृद्धाको विशेष ध्यान राखौँ
– व्यक्ति व्यक्तिबीचको दुरी कायम गरौँ
– प्रतिरक्षा प्रणाली बढाउने कुरामा ध्यान दिऔँ
– कोरोना सङ्क्रमण रोक्न आरोग्य सेतु मोबाइल एप डाउनलोड गरौँ
– विपन्न परिवारका लागि सकेजति सहयोग गरौँ
– आफूसँग काम गर्नेलाई कामबाट ननिकालौँ
– डाक्टर, नर्स, सरसफाइकर्मी र प्रहरीको आदर गरौँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भारतमा मे ३ सम्म थपियो लकडाउनको अवधी

Most Popular

Recent Comments