Home समाचार मजदुरलाई लकडाउन अवधीको तलव दिन नसकिने–उद्योग संगठनको निष्कर्ष

मजदुरलाई लकडाउन अवधीको तलव दिन नसकिने–उद्योग संगठनको निष्कर्ष

विराटनगर १ बैशाख । उद्योग संगठन मोरङले नेपाल सरकारद्वारा आह््वान गरिएको लकडाउन अवधीको तलव मजदुरलाई दिन नसकिने निष्कर्ष निकालेको छ ।
उघोग संगठन मोरङका अध्यक्ष उद्योगी भीम घिमिरेको अध्यक्षतामा सोमबार बसेको आपतकालिन बैठकले लकडाउन अवधीमा बन्द रहेका उद्योगका सञ्चालकहरुले सो समयको मजदुरलाई तलव दिन सक्ने अवस्थामा नरहेको निष्कर्ष निकालेको हो ।
सरकारले आह््वान गरेको लकडाउनलाई पूर्ण रुपमा सफल बनाउन उद्योगी तयार रहेको प्रतिवद्धता सहित लकडाउन पछि सरकार र उद्योगी बसेर उघोग क्षेत्रलाई परेको समस्या समाधान गर्ने उनीहरुले जनाएका छन् । सरकारले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा प्रदार्थ ल्याउन सहयोग गरे निर्वाध रुपमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग सञ्चालन हुने अध्यक्ष घिमिरेले बताउनु भयो ।
बैठकमा अध्यक्ष घिमिरे, बरिष्ठ उपाध्यक्ष सुयेस प्याकुरेल, उपाध्यक्षद्वय राकेश सुराना र प्रदिप मुरारका, कोषाध्यक्ष नन्दकिशोर राठी, सदस्य सुवोध कोईराला र विपिन कावरासहितको सहभागिता रहेको थियो । २०७७ को आगमन सँगै सरकारले नयाँ वष २०७७ बैशाख १ गते सबैले राष्ट्रिय गान गाउनका लागि गरेको आह््वानलाई उद्योग संगठन मोरङले सामाजिक दुरी कायम गर्दै सामुहिक रुपमा राष्ट्रिय गान कार्यक्रम आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मजदुरलाई लकडाउन अवधीको तलव दिन नसकिने–उद्योग संगठनको निष्कर्ष

Most Popular

Recent Comments