Home समाचार समाचार ढुंगाको आकृतिमा भविष्य खोज्दै

ढुंगाको आकृतिमा भविष्य खोज्दै

झापा ।

हातमा छिनो र सानो मार्तोल, चर्को घामका बाबजुद मुख्य राजमार्गको छेवैमा रहेको कदमको छहारीमुनि बसेर ढुंगालाई आफूले चाहेको जस्तो आकार दिइरहेकी थिइन् विद्या शर्मा ।
मोरङको वेलवारी घर बताउने उनी आफ्नो पेशालाई निरन्तरता दिन बजार खोज्दै झापाको विर्तामोड आइपुगेकी हुन् । बजार खोज्द–खोज्दै हिड्ने र त्यही गएर ढुङ्गा कुद्ने उनले एकै ठाउँमा बसेर पेशालाई निरन्तरता दिन नसकिने बताउँदै भनिन्–‘बजार खोज्दै यहाँ आयौं, यो पछि कहाँ जान्छौं टुङ्गो हुँदैन । एकै ठाउँमा बसेर पेशा चल्दैन् ।’ 
पूर्व पश्चिम राजमार्गको कन्काई रोड दक्षिणतर्फको कदमको छहारीमुनि बसेर ढुंगालाई आकार दिइरहँदा अरुलाई भने रमिता नै भएको थियो । किशोरावस्थाकी विद्याले ढुंगालाई आकार दिईरहँदा नजिकै रहेको ट्याक्सी स्टेनमा पालो पर्खेर बसेकाहरुदेखि बाटोमा हिड्नेहरुको समेत ध्यान आकर्षित भएको थियो ।
कक्षा–८ मा पढ्दा–पढ्दै स्कूललाई चटक्क छाडेर आफूले बाबुबाजेले गरेको कामलाई पेशाका रुपमा ढुंगालाई आकार दिन थालेको विद्याले बताइन् । ढुङ्गा फुटाएर आकार दिन थालेको सानै उमेरदेखि देखेको बताउँदै विद्याले भनिन्–‘सजिलो छ, हेर्दा–हेर्दै र काम गर्दागर्दै पनि बानी परिसक्यो ।’ आफूसंगै भाउजुले पनि ढुङ्गाको सामान बनाउने बताइन् । एकै ठाउँमा बसेर नचल्ने पेशा भएकोले ठाउँ ठाउँ पुग्ने गरेको बताउँदै उनले थपिन्–‘कहिले काँ कहिले काँ, टुङ्गो हुँदैन, बजार हेरेर कता चल्छ त्यतै जानुपर्छ ।’
कलम समाउनुपर्ने हातले १४ वर्षीय सन्तराम साह पनि पुख्र्यौली पेशा निरन्तरताकै क्रममा ढुङ्गा कुद्दै ठाउँ–ठाउँ पुग्ने गर्छन् । झापाको गौरीगञ्ज घर बनाउने उनी आफ्ना बुबासंगै ढुङ्गा कुद्न हिड्ने गरेको बताए । कलम समाउने हातले पूख्र्यौली पेशालाइ निरन्तरता दिइरहेका छन् झापा गौरीगञ्जका १४ वर्षीय सन्तराम शर्मा । सन्तरामसंगै २२ वर्षीय दाजु सुरज पनि उही ढुङ्गा कुट्ने कामलाई पेशाका रुपमा अपनाउँदै आएका छन् । आठ वर्षको उमेरदेखि सिलौटो, लोहोरो र जाँतो बनाउँदै आएको सुरजले बताए । 


कक्षा–४ सम्म पढेपछि पढाई छोडेर काममा लागेको बताउँदै सुरजले भने, ‘पढ्न मन त थियो नी, के गर्नु बाबु–आमाले पढाउनै सकेनन् ।’ दैनिक ६ देखि १० वटासम्म सिलौटा कुद्ने गरेको सुरजले बताए । उनले भने, ‘साधारण बुट्टा नकुँदी बनाउँदा १० वटासम्म बनाइन्छ ।’ 
झापा गौरीगञ्जका जगन्नाथ शर्मा सन्तराजले वर्षौदेखि ढुङ्गा खोपेर लोहोरो, सिलौटो र जाँतो बनाउँने गरेको बताए । ‘यो हाम्रो पूख्र्यौली पेशा हो, बाबुले पनि यही गरे, हजुरबाउले पनि यही गरे, म पनि यसैमा छु ।’ उनले जसरी पूख्र्यौली पेशालाई निरन्तरता दिए त्यसैगरी अहिले उनका छोराहरुले पेशामा साथ दिइरहेको उनको भनाई छ । 
पाखुराको भरमा पूख्र्यौली पेशा गर्दै आएका उनीहरुलाई आधुनिक प्रविधिले ल्याएको सुविधासंगै पेशामा टिक्न कठिन भएको बताए । ढुङ्गामा आकृति कोरेर के हुन्छ र खाने र लाउने मात्र हो ।’ मोरङको लेटाङस्थित चिसाङ खोला र केराबारीबाट ठूल्ठूला ढुङ्गा फुटाएर ल्याउने गरेका छन् । गरिवको लागि केही होला भनेको त, ढुङ्गामा पनि कर बढ्यो रे ।’ ढुङ्गा कुटेर जीविका नचल्ने  निष्कर्षमा पुगेका शर्माले पेशा परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसबाट अब बाँच्न सक्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार ढुंगाको आकृतिमा भविष्य खोज्दै

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments