Home समाचार राहतका लागि चामल, दाल पाउन कठिन

राहतका लागि चामल, दाल पाउन कठिन

झापा २७ चैत । विश्वव्यापी रुपमा प्रभाव जमाइरहेको कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खानेको दैनिकी कष्टकर बन्दै गएपछि स्थानीय तहले राहत वितरण गरिरहेका छन् ।
राहत वितरणमा एकैपटक ठूलो परिमाणमा चामल, दाल, नुन, तेलको व्यवस्थापन गर्न धौ धौ परेको स्थानीय तहका जनप्रतिनिधि तथा प्रशासकीय अधिकृतहरुले जनाएका छन् ।


राहतमा दिने दाल बजारमा नपाएपछि गौरादह नगरपालिका अहिले दालको खोजीमा जुटेको छ । नगरपालिकाले राहतका लागि छनौटमा परेका केही नागरिकलाई राहत वितरण गरेपनि आवश्यक दाल किन्न नपाउँदा समस्या हुँदै गएको नगर प्रमुख रोहित साहले बताउनु भयो ।
यस अघि दमकबाट मुसुरो एङ्कर जुनेली दाल वितरण गरेको नगरपालिकाले पुनः सोही दाल नपाएपछि बुधबारदेखि नै राहत वितरण प्रभावित भएको बताइएको छ । नगर प्रमुख साहले भन्नुभयो–‘पहिलो चरणमा दमकबाट ल्याएर वितरण गर्यौं, फेरि त्यहाँ पाएन, हिजैदेखि दालको खोजीमा छौं, दाल नपाएकै कारण राहत वितरण रोकिने अवस्थामा पुगेको छ ।’ त्यसमा पनि दाल, चामल सबैको मूल्य बृद्धि भएको उनले बताए । उहाँले भन्नुभयो–‘चामल पनि पाउन गारो छ ।’ राहतमा वितरण गरिने चामल दालका लागि कोटेसन नै आह््वान गरेको गौरादह नगरपालिकाले कमल गाउँपालिकास्थित नुतन राइस मिलबाट चामलको व्यवस्थापन गर्नुका साथै दाल दमकबाट गरेको थियो ।
नगरपालिकाले कोरोनाको जोखिम संक्रमणबाट उत्पन्न समस्या समाधानका लागि विपत कोषमा छुट्याएको ४० लाख, जनप्रतिनिधि, सहयोगी दाता लगायतबाट प्राप्त ४६ लाख बढी रकम राहतका लागि व्यवस्थापन गरेको मेयर साहले जानकारी दिनुभयो । नगरपालिकाले पहिलो चरणको राहत वितरण गरिसकेको छ भने दोस्रो चरणका लागि चामल र दालको व्यवस्थापन गर्नुपर्ने भएको हो ।
गौरादह नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका तीनहजार दुईसय २९ घरधुरीलाई प्रतिपरिवार १०÷१० केजीका दरले चामल, प्रतिपरिवार १÷१ केजी दाल, नुन र तेल राहत वितरणका लागि निर्णय गरेको बताइउको छ ।


विर्तामोड नगरपालिकाले ६ हजार ९ सय ६० घरधुरीलाई एकलाख १३ हजार सातसय ९५ किलो चामल राहतमा वितरण गर्ने भएको छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी घरधुरीलाई राहत वितरण गर्ने नगरपालिकाका रहेको प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिनुभयो ।
नगरपालिकाले राहतमा प्रतिव्यक्ति चारकिलो चामल, प्रति घरधुरी १ केजी नुन र परिवार संख्याका आधारमा दाल वितरण गर्दै आएको छ ।
देशैभर एकै किसिमको समस्या भएको हुँदा राहतमा दिने चामल र दाल आपूर्ति व्यवस्थापन कठिन हुने भएपनि अभाव हुन नदिने प्रशासकीय अधिकृत खतिवडाले बताउनु भयो । उहाँले भन्नुभयो–‘कठिन भएपनि खाँचो हुन दिन्नौं ।’
नगरपालिकाले विर्तामोड क्षेत्रकै दुईवटा मिललाई चामल उपलब्ध गराउन आग्रह गर्नुका साथै धुलावारीबाट ५० क्वीन्टल र स्थानीयले मिलले धान्न नसके मोरङको वयरवनबाट समेत १०० क्विन्टल चामल माग गरिएको अधिकृत खतिवडाले जानकारी दिनुभयो । नगरपालिकालाई सत्तासिन नेकपा नगरकमिटीले एकैचोटी एकसय क्वीन्टल र एनएमसी बहुउद्देश्यीय सहकारीले ४० क्वीन्टल राहतका लागि चामल उपलब्ध गराएकोले केही सहज भएको बताइएको छ ।

एकैपटक एक महिनाका लागि राहत वितरण गरेको दमक नगरपालिकाले पनि दोस्रो चरणमा छिटफुट र चिया बगानका मजदुरलाई वितरण गर्ने राहतका लागि सामग्री पाउन गारो हुने देखिएको प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताउनु भयो । उहाँले भन्नुभयो–चामल पाउन छाडिसक्यो, पहिले प्रतिकेजी ८० मा लिएको चामल अहिले त्यतिमा पाउँदैन ।’ अभाव हुन थालेको बताउँदै उहाँले भन्नुभयो–सटेजको अवस्था छ, माग बढ्दै गएपछि मूल्यमा पनि बृद्धि भएको छ ।’ छुटेकालाई बाँड्ने दाल चामल व्यवस्थापन कठिन हुने उहाँले बताउनु भयो ।
धेरै भिडभाड पनि गर्न नहुने भएपछि एक महिनाको अनुमान गरेर एकैपटक महिना दिनलाई पुग्ने राहत वितरण गरेका थियौं, लकडाउन पनि एकमहिना त पुग्ने नै जस्तो देखियो ।
पहिलोचरणमा दुईहजार दुईसय ४६ घरधुरीलाई कुल ५८ हजार केजी चामल राहतमा वितरण गरेको छ । परिवार संख्याको आधारमा न्युनतम १० किलोदेखि अधिकतम ५० किलोसम्म चामल वितरण गरेको दमकले दाल र तेल आधा केजीदेखि २ किलोसम्म साथमा चिउराको प्याकेट समेत वितरण गरिएको अधिकृत तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणको राहत वितरणमा लगभग ४० लाख बढी खर्च भएको छ । कोषमा कर्मचारीको तलबको १० प्रतिशत, दाताबाट प्राप्त सहयोग र जनप्रतिनिधिको भत्ता समेत जम्मा गरिएको बताइएको छ ।
त्यसमध्ये राहत पाउनका लागि केही छुटेको गुनासो आइरहेको बताउँदै प्रशासकीय अधिकृत तिम्सिनाले भन्नुभयो–‘छुटलाई स्थलगत अनुगमन गरेर आवश्यकता भए दिन्छौं, यसमा चिया मजदुरहरु बाँकी नै छन्, चिया मजदुरमा पनि स्थायीलाई राहतको व्यवस्था छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार राहतका लागि चामल, दाल पाउन कठिन

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments