Home समाचार समाचार कालीस्थान पण्डित समूहद्वारा ५० हजार सहयोग

कालीस्थान पण्डित समूहद्वारा ५० हजार सहयोग

अर्जुनधारा २४ चैत । लकडाउनबाट प्रभावित भएका निम्न वर्गका मानिसहरुलाई राहत वितरण प्रयोजनार्थ कालीस्थान पण्डित समूहले राहत स्वरुप ५० हजार एकसय रुपैयाँ प्रदान गरेको छ ।
अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठमा अर्जुनधारा–१० नं. वडाका वडाध्यक्ष वलदेव गोम्देनलाई कालीस्थान पण्डित समूहका अध्यक्ष तथा कालिकापीठका अध्यक्ष ज्योतिषाचार्य पं. लक्ष्मीप्रसाद पोखरेलले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
कालीस्थान पण्डित समूहले नेपाल र भारतका विभिन्न यजमान कहाँ यज्ञ–यज्ञादी गराउँदा यज्ञ मण्डपमा चढेको भेटीलाई कालिकापीठ सञ्चालन तथा व्यवस्थापनका लागि कोषमा जम्मा गर्दै आएको छ । सोही कोषबाट कालिकापीठद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठमा हाल ४५ जना बटुकहरु निशुल्क तथा आवासीय रुपमा पूर्वीय वैदिक ग्रन्थादिको अध्ययन गरिरहेको विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजालले जानकारी दिनुभयो । सोही कोषबाट राहत वितरणका लागि रकम हस्तान्तरण गरिएको अध्यक्ष पोखरेलले बताउनु भयो । कालिस्थानका पण्डित समूहमा झापाका विभिन्न स्थानका २५ बढी पण्डितहरु आवद्ध रहेको पं खडानन्द खतिवडाले जानकारी दिनुभयो ।
अर्जुनधारा नगरपालिका वडा नं.–१० मा मात्रै ४५० घरधुरीलाई राहत वितरण गर्नैपर्ने अवस्था रहेको अध्यक्ष गोम्देनले बताउनुभयो । उहाँका अनुसार ४५० मध्ये डेढसय परिवारलाई अर्जुनधारा नगरापालिकाले राहत उपलब्ध गराएको छ भने बाँकीलाई सहयोगमार्फत संकलित रकमबाट राहत वितरण गरिने छ ।
हालसम्ममा १० नं. वडालाई रातहका लागि रोटरी क्लब अफ विर्तामोडले २५ हजार, क्रसर व्यवसायीहरु शेरबहादुर थापा, मिलन बस्नेत र फणिन्द्र तिम्सिनाले ४० हजार, बुद्धशान्तिका मनिष÷विनोद मोक्तानले २५ हजार नगद उपलब्ध गराएको वडाध्यक्ष गोम्देनले जानकारी दिनुभयो । उक्त रकमबाट खाद्यान्न खरिद गरी मंगलबार राहत वितरण गर्ने तयारी भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार कालीस्थान पण्डित समूहद्वारा ५० हजार सहयोग

Most Popular

Recent Comments