Home शिक्षा स्वास्थ्य सेवा हक सुनिश्चत गर्न आयोगको माग

स्वास्थ्य सेवा हक सुनिश्चत गर्न आयोगको माग

काठमाडौं २३ चैत । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस (कोरोना–१९) संगै अन्य विरामीको नियमित उपचार व्यवस्था मिलाउन सरकार र स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरेको छ ।
कोरोना संक्रमण जोखिम बढ्न थालेसंगै केही नीजि अस्पतालहरुले अन्य विरामीको उपचार नै गर्न छोडेकोतर्फ ध्यानाकर्षण गराउँदै आयोगले मानिसको स्वास्थ्य सेवा सहजै पाउने अधिकारको ग्यारेण्टी गर्न पनि माग गरेको हो ।
गत चैत १८ गते मंगलबार विराटनगरका केही नीजि अस्पतालले उपचार गर्न नमानेका कारण समयमा उपचार नपाएर एक महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ ।
आयोजका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसबाट उत्पन्न परिस्थितिमा स्वास्थ्योपचारबारे आयोगले गरेको अनुगमनका क्रममा मिर्गौला, क्यान्सर, क्षयरोग, एडस्, मधुमेह, उच्चरक्तचाप, मानसिक रोगबाट पीडित उपचार र औषधी नपाएका कारण समस्यामा परेको पाइएको आयोगको विज्ञप्तिमा जनाइएको छ ।
आयोगले काठमाण्डौंका समिट, सिभिल र नर्भिक अस्पतालले पनि ओपिडी बन्द गराई विरामीलाई त्यसै फर्काएको प्रतिपनि गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
आयोगले देशका सबै अस्पतालहरुमा कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्री पिपिई लगायतको व्यवस्था गर्न पनि माग गरेको छ ।
चैत १८ गते कोरोनाको लक्षण देखिएको भन्दै विराटनगरका केही निजी अस्पतालले भर्ना लिन नमान्दा धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको आफन्तले बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा स्वास्थ्य सेवा हक सुनिश्चत गर्न आयोगको माग

Most Popular

Recent Comments