Home समाचार दुहवीमा झडप, एक सुरक्षाकर्मीसहित १३ घाइते

दुहवीमा झडप, एक सुरक्षाकर्मीसहित १३ घाइते

दुहबी २३ चैत । लकडाउनको समयमा पनि उद्योग सञ्चालन गरेको भन्दै उत्पन्न विवादका कारण सुनसरीको दुहबी–९ स्थित छातावेलीमा सञ्चालित जयबाबा इँटा उद्योगमा आइतबार विहान झडप भएको छ ।
स्थानीय दुई समुहबीचको विवादले उग्ररुप लिएसंगै बिहान झडप हुँदा १३ जना घाइते भएका छन् ।
लकडाउनका बेला उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरु गाउँ घुम्ने गरेकोले जोखिम बढेको झडपमा घाइते ताबिज मियाँको भनाई छ । उद्योग सञ्चालनको सूचना प्रहरी र संचारकर्मीलाइ दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफूहरुमाथि आक्रमण भएको उहाँको दावी छ ।
घरमा बसिरहेका बेला दुहबी ९ का वडाध्यक्षले तिमिहरुसँग काम छ भन्दै बोलाएपछि कुरा गर्न जाँदा इँटा उद्योग संचालन गरेको सूचना किन बाहिर दिएको भन्दै हुसैनकै समूहले कुटपिट गरेको मियाँले बताउनु भयो । देश लकडाउनका बेला इँटा उद्योग संचालन भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।
उद्योगमा लगभग पाँचसयको संख्यामा इँटा उद्योगमा काम गर्ने मजदुर रहेको जानकारहरु बताउँछन् । उद्योगमा काम गर्ने पश्चिम बंगालका भारतीय ती मजदुर किनमेल गर्ने बहानामा गाउँ घुम्ने गरेको स्थानीय ताबिज मिया र सौकत अलीले बताए । देश लकडाउन हुँदा पनि भारतीय मजदुहरु गाउँ घुम्ने गरेपछि स्थानीय त्रसित भएका थिए ।
दुई पक्षबीचको झडपमा प्रहरी जवान अनिल यादवसहित एक दर्जन युवा घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यलयले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पताल तथा क्लिनिकहरुमा उपचार हुँदैछ ।
घटनाका विषयमा वडाध्यक्ष हुसैनले आफ्नो कुनै पनि संलग्नता नभएको बताउनु भयो । उहाँका अनुसार राहतको विषय लिएर स्थानीयबीच झडप भएको जानकारी आएपछि प्रहरीलाई खबर गरेको हुसैनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दुहवीमा झडप, एक सुरक्षाकर्मीसहित १३ घाइते

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments