Home समाचार समाचार जमघट हुने स्थानमा किटनाशक स्प्रे

जमघट हुने स्थानमा किटनाशक स्प्रे

शनिश्चरे २१ चैत । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण कम गर्ने उध्येश्यले अर्जुनधारा नगरपालिका वडा नं –१० का विभिन्न स्थानमा सावधानीस्वरुप किटनाशक स्प्रेे गरिएको छ । अर्जुनधारा नगरपालिका वार्ड नं १० का मानवीय जमघट हुने विभिन्न स्थानहरूमा किटनाशक स्प्रेे गरिएकाे वडाध्यक्ष बलदेव गोम्देनले जानकारी दिनुभयो । गोम्देनकै नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले अर्जुनधारा नगरपालिका वडा न–९ को कालिकापीठ, कालिका बहुद्देश्यीय सहकारी संस्था, कालीस्थान चोकबजार सहित मानिसको बढी जमघट हुने स्थानमा किटनाशक छिटिएकाे हो ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा लगभग ५४ हजारले ज्यान गुमाइसकेका छन् । चीनबाट फैलिएको यो भाइरसका कारण विश्वका दुईसय देशका नागरिक प्रभावित छन् । नेपालमा हालसम्म ६ जनालाई उक्त संक्रमण देखिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार जमघट हुने स्थानमा किटनाशक स्प्रे

Most Popular

Recent Comments