Home समाचार मासिक साढे आठसय पिन्टसम्म रगत माग

मासिक साढे आठसय पिन्टसम्म रगत माग

५४ पिन्ट रगत संकलन, प्रायः सवै ग्रुपको रगत अभाव

झापा २१ चैत । सरकारी तथा नीजि अस्पतालको पर्याप्त पहुँच भएको झापामा मासिक ८ सयदेखि साढे आठसय पिन्टसम्म रगतको माग हुने गरेको छ ।
जुन रगत रक्तदातहरुबाटै संकलन भएर माग आपूर्ति हुने हो । तुलनात्मक रुपमा हिउँद वा वर्खा रगत माग उस्तै उस्तै हुने भएपनि निम्तिन सक्ने विभिन्न प्रकृतिका महामारीलाई दृष्टिगत रगतलाई संचिती गर्नुपर्ने हुन्छ ।
रगतको मागबारे नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भन्नुभयो– ‘सरदर उस्तै हो,डाइलोसिसको केसले गर्दा, माहामारीको समयमा चै बढी हुन्छ, जस्तै : डेङ्गोको महामारी, अन्य बेला भन्दा माग अधिक थियो ।’


झापाका अस्पतालमा आएका विरामीका लागि आवश्यक पर्ने रगतको माग अनुसार व्यवस्थापन तथा संकलनको प्राविधिकसहितको संयोजन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको छ ।
यतिबेला नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा रगत अभाव भएसंगै रेडक्रसको आह््रवानमा झापाको काँकरभिट्टामा शुक्रबार रक्तदान सम्पन्न भएको छ ।

मेचीनगरको स्वास्थ्य क्लिनिकको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी झापाको सहयोगमा सञ्चालित रक्तदानमा नौजना महिलासहित ५४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी झापाको रक्ता संचार इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण जोखिमका कारण रक्तदान हुन सकिरहेको थिएन ।
रक्तसंचार केन्द्रमा हाल ए र ओ पोजेटिभ ग्रुपको रगत थोरै मात्रामा भएपनि शुक्रबार संकलित रगतमा बि पोजेटिभ ग्रुप नभेटिए भोलीदेखि उक्त ग्रुपको रगत समेत अभाव हुने रक्त संचार इन्चार्ज दाहालले जानकारी दिनुभयो ।
झापामा रगतको माग र रगत संचितीको अवस्थाबारे रक्त संचार इन्चार्ज दाहालले भन्नुभयो–‘मासिक आठदेखि आढे आठसय पिन्टसम्म रगत माग हुने गरेको छ, हामीसंग ओ प्लस अलि अलि भएपनि ए प्लस सटेज छ, आज (शुक्रबार) को रगतमा बी प्लस भेटिएन भने भोलीदेखि दिन सक्ने अवस्था छैन ।’
तर रेडक्रसको आह््वान पछि शुक्रबार पहिलो पटक मेचीनगरमा रक्तदान गरिएको हो । मेचीनगरकै भृकुटी र बाहुनडाँगीमा शनिबार एकैदिन रक्तादान कार्यक्रम राखिएको दाहालले जानकारी दिनुभयो ।
रक्तदानका लागि रेडक्रसले गरेको रक्तदान आह््वानप्रति सबैले चासो देखाएपनि कोरोना भाइरसका कारण रक्तदानमा पनि सतर्कता अपनाउँदै शहरी क्षेत्र आसपासका रक्तदातालाई सम्पर्कमा रहन आग्रह गरिएको शाखाका सभापति ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मासिक साढे आठसय पिन्टसम्म रगत माग

Most Popular

अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प...

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

Recent Comments