Home समाचार ५० लाखको कोषमा नौलाख जम्मा

५० लाखको कोषमा नौलाख जम्मा

झापा २१ चैत । ५० लाखको कोरोना भाइरस व्यवस्थापन तथा राहत कोष स्थापना गर्ने लक्ष्य राखेर स्थापना गरिएको कोषमा शुक्रबारसम्ममा नौ लाख रुपैयाँ जम्मा भएको छ ।
जिल्ला समन्वय समिति तथा झापाले जिल्ला समन्वय समिति झापाले बनाएको कोरोना भाईरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति संयोजक सोम पोर्तेलले शुक्रबारसम्म कोषमा जम्मा भएको रकमबारे जानकारी दिनुभयो ।
दमक र अर्जुधारा नपाले तीन÷तीन लाख र कमल गाउँपालिकाले दुईलाख लाख रुपैयाँ जम्मा गरिसकेका छन् भने कोषमा नेपाल कम्युनिष्ट पार्टी झापाले जम्मा गरेको एकलाखसहित नौलाख रुपैयाँ जम्मा भएको हो ।
गत चैत ७ गते स्थानीय तहका जनप्रतिनिधिसहित उपस्थित सर्वदलीय बैठकले जिल्लामा ५० लाखको कोष स्थापनाको निर्णय अनुसार ३ वटा स्थानीय तहले कोषमा रकम जम्मा गरेका हुन् ।
जिल्लाका १५ वटा स्थानीय तहबाट ३८ लाख रुपैयाँ जम्मा हुने अपेक्षा गरिएको कोषमा सहारा नेपालले १० लाख जम्मा गर्ने आवश्वासन दिएको संयोजक पोर्तेलले बताउनु भयो ।
त्यस्तै उक्त बैठकमा झापाका तीनवटा उद्योग वाणिज्य संघले दुई÷दुईलाख र अन्य संघसंस्थाहरुबाट प्राप्त सहयोगसहित कोषमा ६० लाख बढी रकम जम्मा हुने अपेक्षा गरिएको पोर्तेलको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ५० लाखको कोषमा नौलाख जम्मा

Most Popular

Recent Comments