
विर्तामोड १६ चैत । विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी (साकोस) ले सोमबार सुरक्षाकर्मीका लागि रेनकोट प्रदान गरेको छ ।
सहकारीले सोमबार इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालको आग्रहमा सुरक्षाकर्मीका लागि १५ थान रेनकोट प्रदान गरेको सिम्रिक साकोसका सचिव सुवास भट्टराईले जानकारी दिनुभयो ।
दिनरात नागरिकको सुरक्षामा खटिने प्रहरीलाई गरेको सहयोगले उनीहरु मनोबल बढ्ने अपेक्षा गरिएको सचिव भट्टराईले बताउनु भयो ।