Home समाचार समाचार कोरोनाको पाँचौं संक्रमीत फेला, दोस्रो र पाँचौं संक्रमीत एउटै एयरका यात्री

कोरोनाको पाँचौं संक्रमीत फेला, दोस्रो र पाँचौं संक्रमीत एउटै एयरका यात्री

विर्तामोड १५ चैत । विश्वब्यापी बन्दै गएको कोरोना भाइरसबाट नेपालमा पाँचौं संक्रमीत देखा परेका छन् । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएकी बाग्लुङकी युवतीमा कोरोना संक्रमण भेटिएको हो । यसअघि सोही एयरवेजमा आएकी काठमाडौंकी एक युवतीमा कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरस संक्रमण भएकामध्ये दोस्रो र पाँचौं ब्यक्ति एउटै विमानबाट नेपाल आएको पाइएको हो । सो विमानमा १९३ जनाले यात्रा गरेका थिए ।
कतार एयरवेजको क्यू आर ६५२ उडानबाट नेपाल आएकी कोरोना संक्रमीत बाग्लुङकी १९ बर्षीय किशोरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
सोही विमानमा आएकी दोस्रो संक्रमीत किशोरीमा गत १० गते संक्रमण पुष्टी भएको थियो । फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् । १० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो । कोरोना संक्रमण पुष्टी भएसँगै सरकारले १० गते नै एकहप्ताका लागि लकडाउन घोषणा गरेको छ ।
कोरोना संक्रमीतमध्ये एक ब्यक्ति निको भएर घर फर्किसकेका छन् भने दुईजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । एक ब्यक्ति सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् भने आज संक्रमण भेटिएकी युवतीको धौलागिरी अस्पतालमा नमूना संकलन गरिएको थियो । उनलाई सुरक्षित रुपमा काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार कोरोनाको पाँचौं संक्रमीत फेला, दोस्रो र पाँचौं संक्रमीत एउटै एयरका यात्री

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments