भद्रपुर १५ चैत । कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट बच्न नेपाली काँग्रेस कचनकवल गाउँपालिकाले गाउँबासीलाई पूर्ण रूपमा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि नै लकडाउन गरेको भन्दै पूर्ण रूपमा पालना गर्न सबै गाउँबासीलाई अनुरोध गरेको हो ।
गाउँपालिका सभापति तुलाराम अधिकारी, क्षेत्रीय सचिव गीताप्रसाद भट्टराई, टूेड युनियन कांग्रेस कचनकवलका अध्यक्ष सञ्जीव प्रधान, प्रदेश क्षेत्रीय सभापति चिन्तामणि खरेल र महासमिति सदस्य भूमिप्रसाद राजवंशीले संयुक्त रूपमा अपील गर्दै सरकारको निर्णय जनहितमा रहेको भन्दै लकडाउन पालना गरी सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका हुन् ।
अपीलमा भनिएको छ–‘लकडाउनले जनजीवनमा केही असजिलो हुन सक्छ तर यस असजिलो भित्र हामी सबैको जीवन सुरक्षा जोडिएको छ । अनावश्यक भीडभाड निर्माण नगर्ने, नेपाल भारतका खुल्ला सिमाना नाका रहेकाले त्यतातिर आहोर–दोहोर नगर्ने, कसैलाई कोरोना रोगको संक्रमणको शंका लागि तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने, भारत लगायत कोरोना संक्रमित मुलुकबाट फर्किएका व्यक्तिहरू गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइनमा बस्न जाने, आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने कार्यमा जुट्न गाउँबासीलाई अनुरोध गरिएको छ ।
कचनकवल कांंग्रेसको आह्वान–पूर्ण रूपमा सेल्फ क्वारेन्टाइनमा …
