Home समाचार समाचार कोरोना कहर, घर पुग्न नपाएपछि बाटैमा श्राद्धकर्म

कोरोना कहर, घर पुग्न नपाएपछि बाटैमा श्राद्धकर्म

विर्तामोड १५ चैत । इलाम नगरपालिका वार्ड नं – ८ का पदमलाल रिमाल र लक्ष्मी रिमाल आइतबार बेलुका काठमाडौंबाट गाडी चढे । यात्रा थियो आफ्नो पैतृक थाकथलो इलाम तिल्केनीसम्मको । काडमाडौंको रातोपुल र कालोपुलको बीचमा रहेको रुद्रपनेखु पुलनजिकै किराना दोकान गरेर अस्थायी रुपमा उनीहरु काठमाडौं बस्दै आएका छन् । रामनवमीमा आफ्नै भतिजाको ब्रतबन्ध गरिने सुनिश्चित भएपछि उनीहरु अस्थायी बसोबास काठमाडांै केही दिनका लागि छाडेर पैतृक थाकथलोतिर लागेका थिए । तर स्थायी घरमा नपुग्दै सरकारले कोरोना भाइरसको नियन्त्रणको पहल स्वरुप मुलुकलाई लकडाउन घोषणा गरेपछि उनीहरु अहिले झापा अर्जुनधारा नगरपालिका–९ कालीस्थानस्थित ज्वाई छोरी त्रिलोचन–कमला अधिकारीको घरमा बस्न बाध्य छन् । आइतबार साँझ काठमाडौंबाट गाडी चढेका उनीहरु सोमबार विहान विर्तामोड आइपुग्दा नपुग्दै मुलुक लकडाउन भइसकेको थियो ।
अधिकांश हिन्दु संस्कार धारण गर्नेहरुले नियमित रुपमा गर्दै आएको आफ्ना पिताजीको श्राद्धकर्मका लागि उनीहरु इलाम नै पुग्ने योजनामा थिए । मुलुक लकडाउन भएपछि आफ्ना पिता टिकारामको श्राद्धकर्म कसरी गर्ने भन्ने चिन्ताले सताएका उनीहरुले अन्ततः कालिकापीठमा आएर श्राद्धकर्म सम्पन्न गरेका छन् । घर पुग्न नपाएपछि बाटैमा भएपनि यथासम्भव श्राद्धकर्म गरिएको पदमलालले बताए । ‘हिजोसम्म के गर्ने भन्ने चिन्ताले सताएको थियो, यहाँ आएपछि खुशी लाग्यो । धार्मिक तीर्थस्थलमा आएर हतपति धमयज्ञ तथा पितृकार्य गर्न पाइदैन, मुलुक बन्दले यो अवसर नै जुटायो ।’–उनले भने ।


‘सके अभ्यासले नसके मनले गर्नु भनेको छ, हाम्रा बैदिक ग्रन्थहरुले ’–पदमलालले भने–‘धर्मकार्य बरु नगर्दा पनि हुन्छ, तर पितृकार्य नगरी हुँदैन, फेरि तिथिले पर्खदैन पनि । बाटो हिडिदै छ भने आफ्ना पितृको अनुहार सम्झदा नि पुग्छ रे । तर म त न बाटोमा न घरमा जस्तै भएँ ।’
आफैंले कन्यादान दिएकी छोरीका घरमा समेत पितृ कार्य (श्राद्ध) गर्नुहुँदैन भन्ने वैदिक शास्त्रीय मान्यतालाई आत्मसात गर्दै उनीहरु कालिकापीठ परिसरको गौशालामा श्राद्धका लागि आइपुगेका हुन् । काठमाडौंमा रहँदा उनीहरु आफ्नै डेरामा वा पशुपतिनजिक बाग्मतीमा श्राद्धकर्म गर्दै आएका थिए रे । आफ्नो घर वा बसेको ठाउँमा गर्न सकिएन भने पितृकर्म वा देवकर्म गर्न असमर्थ भए देवस्थल, नदीे, गौशाला वा बरपिपलको रुखमुनी गर्नु भन्ने प्रमाण शास्त्रीय ग्रन्थहरुमा उल्लेख रहेको कालिका संस्कृत विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजाल बताउँछन् ।
‘परापूर्वकालदेखिकै चालचलन हे¥यो भने रामले १६ दिनसम्म पितृ कार्य गरेर मात्रै नवरात्रभर देवीको उपासना गरेको पाइन्छ’–पदमलालले भने–‘त्यहींबाट हाम्रा कर्महरु शुरु भएका हुन् ।’ सरकारको लकडाउन घोषणापछि घर पुग्न नपाएका उनले सरकारको आदेशको उल्लंघन गर्न नसकिने बताउँदै भने–‘जोखिम मोल्न त सकिदैन नि ।’ अवस्था सामान्य भएपश्चात मात्रै आफ्नो घर जाने उनले बताए ।
विश्व यतिवेला कोरोना (कोभिड–१९)भाइरसको संक्रमण भोगिरहेको छ । कोरोना संक्रमणका कारण धेरै मानिसहरु गृहबास (होम–क्वारेन्टाइन) मा छन् । नेपाल–भारतसहित सयौं देशका हजारौं शहरहरु लकडाउन गरिएका छन् ।
एकअर्काबीचको सामाजिक दुरी कायम राखेर संक्रमीतबाट टाढै रहन सकेमात्र कोरोना संक्रमणको जोखिमबाट बच्न सकिने विकल्प छ–अहिले मानिसमा । औषधी र खोप पत्ता नलागेको यस रोगबाट हाल विश्वका १९० देशका ५ लाख ३५ हजार बढी मानिस संक्रमीत भइसकेका छन् ।
नेपालमा पनि तीनजना संक्रमीत देखिएपछि विगत ४ दिनयता कोरोना नियन्त्रणको पहल अर्थात कोरोना भाइरस फैलन नदिन मुलुक लकडाउन छ । सवारी साधन चलेका छैनन् भने अत्यावश्यक सामग्रीबाहेकका सेवाहरु बन्द छन् । बन्दले जनजीवन प्रभावित हुँदै आएको छ । चीनको हुवान प्रान्तबाट देखिएको कोरोनाका कारण हालसम्म विश्वका २४ हजार बढी मानिसले ज्यान गुमाइसकेको तथ्याङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार कोरोना कहर, घर पुग्न नपाएपछि बाटैमा श्राद्धकर्म

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments