Home समाचार समाचार क्वारेन्टाइनमा बसेकाका आफन्तले स्वास्थ्यकर्मीकाे औंला चपाइदिए

क्वारेन्टाइनमा बसेकाका आफन्तले स्वास्थ्यकर्मीकाे औंला चपाइदिए

बैतडी १३ गते । भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बुढी औंला चपाई दिएका छन् ।
बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोटको भूमिराज माविमा स्थापना गरिएकाे क्वारेन्टाइनमा चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई राखिएको थियो ।
क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखेको भन्दै राती १०ः बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन् ।
कुटपिट गर्ने नरेन्द्र जागिरीका छोरा सुनिल जागिरीसहित भारतको व्याङ्लोरबाट सात जना चैत १२ गते पुरचौडी पुगेका थिए । सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित क्वारेन्टाईनमा राखेका थिए ।
कोरोना भाइरसको सङ्क्रमण जाेखिम फैलन नदिन सरकारकाे निर्णयमा विदेशबाट अाउनेकाे लगत संकलन गर्नुका साथै स्वास्थ्य परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने गरिएकाे छ । सुरक्षित तरिकाले क्वारेन्टाईनमा राखे पनि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरेको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार क्वारेन्टाइनमा बसेकाका आफन्तले स्वास्थ्यकर्मीकाे औंला चपाइदिए

Most Popular

Recent Comments