Home समाचार झापाका १८ स्थानमा क्वारेन्टाइन, पूर्वी नाकामा दुवै तिरका नागरिक अलपत्र

झापाका १८ स्थानमा क्वारेन्टाइन, पूर्वी नाकामा दुवै तिरका नागरिक अलपत्र

झापा १२ चैत । कोभिड–१९ को संक्रमण जोखिम कम गर्न झापाका ११ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ भने सात ठाउँमा बुधबार क्वारेन्टाइन स्थापना कार्य सम्पन्न गरिंदैछ ।
११ स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा २५९ बेड क्षमता रहेको छ भने बुधबारै सम्पन्न हुने ७ वटा क्वारेन्टाइनमा १३८ वेड थपिने जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेलले जानकारी दिनुभयो ।
पूर्वी नाका काँकरभिट्टामा भारत जान दुईवटा बसमा हिंडेका भारतीयहरु अलपत्र परेका छन् । मंगलबार विहानैदेखि नेपाल र मध्यरातदेखि भारतमा पनि लक डाउन भएका कारण उनीहरु अलपत्र परेका हुन् । त्यस्तै भारतबाट नेपालतर्फ आउँदै गरेका आठजना नेपाली मेची पुलमा अलपत्र परेका छन् । दुवैतिर लकडाउन भएका कारण उनीहरु नेपाल पस्न वा भारत फर्कन नसकेको बताइएको छ ।
भारत जान हिंडेका र नेपाल आउन बसेका दुवैतर्फका नागरिकका बारेमा प्रदेश तथा गृहमन्त्रालयमा समेत जानकारी गराइसकेको मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले जानकारी दिनुभयो । मन्त्रालयबाट कुनै सर्कुलर नआएसम्म दुवैतिरका उनीहरुलाई केही पनि गर्न नसकिने आचार्यको भनाइ छ । प्रहरी प्रशासनको नियन्त्रणमा रहेको सिमानाकामा रहेकाहरुलाई के गर्ने भन्ने बारेमा गृहबाट निर्देशन आएपछि मात्रै प्रशासनले काम गर्ने बताइएको छ ।
मेचीनगरमा भारतबाट आएका बढीले सेल्फ क्वारेन्टाइन प्रयोग गरेका छन् । नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा लगभग ३२ जना रहेका छन् भने झण्डै दुईसय जति होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका सबैको आवश्यक बन्दोबस्ती नगरपालिकाले गर्ने मेयर आचार्यले बताउनु भयो ।
भारतीय सिमा क्षेत्रमा पर्ने झापा गाउँपालिकाका दुई माध्यमिक विद्यालयमा १० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएकोमा त्यसैमा १० बेड थप गरि २० बेड तयारीको अन्तिम चरणमा रहेको गाउँपालिका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो । उहाँका अनुसार झापा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा आठ जना रहेका छन् । उनीहरु सबै इन्डियाबाट आएको बताइएको छ । कोभिड १९ संक्रमण लकडाउन हुनुभन्दा केही समय अघि आइका १६ जना भने होम क्वारेन्टाइनमा रहेको साहले जानकारी दिनुभयो । झापामा गाउँपालिका अध्यक्षको संयोजकत्वमा कोरोना भाइरस नियन्त्रण समिति गठन गरि सोही समितिको सक्रियतामा कोरोना सम्बन्धी काम हुँदै आएको छ ।
नेपाल भारत सिमाना अन्तरगत झापा गाउँपालिका क्षेत्रभित्र पर्ने ४ वटा सिमानाकामा प्रहरी प्रशासनले उच्च निगरानी गरिरहेको बताइएको छ ।
यसैगरी कमल गाउँपालिकाले धर्मभक्त माविमा स्थापना गरेको क्वारेन्टाइनमा भारतबाट आएका २ जना रहेका छन् । कमलमा ५ बेड महिलाका लागि सहित १५ बेडको क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अष्ट्रेलिया, कतार र जापानबाट आएका तीनजना भने होम क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये कतारबाट आएका होम क्वारेन्टाइनमा बसेकाको प्रहरीले फ्लाइट नम्बर खोजि गरिरहेको छ ।
गाउँपालिकाको विपत व्यवस्थापन समितिको कोषमा रहेको १५ लाख बजेट कोरोना संक्रमण विरुद्धको लडाईका लागि व्यवस्थापन गरेको कमल गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका ६ वटा एम्बूलेन्सलाई तयारी अवस्थामा राखिएको अध्यक्ष काफ्लेले बताउनु भयो ।
त्यसैगरी बुद्धशान्तिस्थित रेडक्रसको भवनमा स्थापना गरेको क्वारेन्टाइन भने अहिलेसम्म खालि रहेको छ । बुद्धशान्ति गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइन भन्दा स्वास्थ्य परिक्षण गरिएका तर, जटिक केश नदेखिएकाले होम क्वारेन्टाइन मै बस्ने इच्छा देखाएपनि क्वारेन्टाइन खालि रहेको हो । ५ वटा बेड रहेको बुद्धशान्तिले बुधबार बेलुका सम्ममा ५ वेड थपेर १० वेड बनाउने भएको छ । बुद्धशान्तिले टोल टोलमा युवा परिचालन गरेर विदेशबाट आएकाहरुको लगत संकलनका लागि सबै वडाध्यक्ष र टोलसमितिलाई जानकारी गराएको गाउँपालिका अध्यक्ष रमेश भुजेलले जानकारी दिनुभयो । बुद्धशान्तिका एक व्यक्तिलाई ज्वरो आएपछि उनी भेट्न गएका इटालीबाट आएका शिवसतासीका उनका साथीलाई कुनै समस्या नदेखिएपछि ती व्यक्ति होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।
यता पूर्वी दक्षिणी सिमानाका कचनकवल गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा पनि कोरोना संक्रमित बसेका छैनन् । तीनवटा नाका रहेको केचनकवलमा १० बेडको क्वारेन्टाइन स्थापना गरिएको प्रशासकीय अधिकृतले जानकारी दिनुभयो ।
लगभग सात बढीको स्वास्थ्य परिक्षण गर्दा (देशभरमा यो समाचार तयार पार्दासम्मा)मा ३ जना कोभिड–१९ पुष्टि भएको बताइएको छ । ती मध्ये एकजना उपचारपछि ठिक भएर घर फर्किसकेका छन् भने एकजनाको टेकु अस्पताल र एकजनाको पाटन अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापाका १८ स्थानमा क्वारेन्टाइन, पूर्वी नाकामा दुवै तिरका नागरिक अलपत्र

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments