Home समाचार समाचार काेभिड संक्रमण : १९५ देशमा, १८ हजारबढीकाे मृत्युु, चारलाख बढी संक्रमित, नेपाल...

काेभिड संक्रमण : १९५ देशमा, १८ हजारबढीकाे मृत्युु, चारलाख बढी संक्रमित, नेपाल र भारत लकडाउनकाे अवस्थामा

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो ।
इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गुमाइसकेका छन् । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । कोरोना संक्रमणका कारण इटलीमा गत बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो ।
इटलीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । तर पनि मृत्यु रोकिएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार काेराेनाकाे संक्रमण १९५ देशमा देखिएकाे छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार २ सय ७४ पुगेको छ । मंगलबार मात्र विश्वभरमा १७ सय ६७ जनाको मृत्यु भएको छ ।
त्यसमध्ये सबैभन्दा बढी इटालीमा एकैदिन ७४३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ८९ जनाको मृत्यु भएको छ । इरानमा चौबिस घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८७ र नेदरल्यान्डस्मा ६३ जनाको मृत्यु भएको छ । उता, अमेरिकामा पनि एकैदिन ८१ जनाको मृत्यु भएको छ । विश्वभर एकैदिन ३० हजार ५ सय ७३ जना नयाँ संक्रमितहरु देखिएका छन् ।
काेराेनाकाे संक्रमण नेपालमा पनि देखिइसकेकाे छ । काेराेना जाेखिमबाट बच्नकै लागि नेपालमा चैत ११ गते विहानदेखि १८ गतेसम्म लकडाउन गरिएकाे छ भने यसअघि नै जनता कर्फ्यु लगाइएको भारतमा मंगलबार राति १२ बजेदेखि २१ दिनका लागि लकडाउन गरिएकाे छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार काेभिड संक्रमण : १९५ देशमा, १८ हजारबढीकाे मृत्युु, चारलाख बढी संक्रमित, नेपाल...

Most Popular

Recent Comments