Home समाचार एम्बूलेन्सको ठक्करबाट दुईको मृत्यु

एम्बूलेन्सको ठक्करबाट दुईको मृत्यु

विराटनगर ८ चैत । एम्बूलेन्सको ठक्करबाट उदयपुरमा दुईजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा त्रियुगा–९ झिल्के चोक निवासी ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवार रहेका छन् ।
उनीहरु दुवै झिल्केचोक स्थित बाटो छेउमा बसिरहेका दुबैजनालाई शुक्रबार एम्बूलेन्सले ठक्कर दिएको थियो ।
चुहाडेबाट गाईघाट तर्फ आउदै गरेको स १. झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते तिलकको उपचारको क्रममा शुक्रबार साँझ जिल्ला अस्पताल उदयपुरमा र उपचारमै रहेका रोशनको विराटनगरस्थित न्यूरो अस्पतालमा शनिबार विहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सोही एम्बूलेन्सको ठक्करबाट घाइते भएका ३२ बर्षीय राजकुमार दनुवारको भने न्युरो अस्पताल बिराटनगरमा उपचार जनाइएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार एम्बूलेन्सको ठक्करबाट दुईको मृत्यु

Most Popular

Recent Comments