Home महिला श्रीमानको कुटाईबाट श्रीमती घाइते

श्रीमानको कुटाईबाट श्रीमती घाइते

विर्तामोड ७ चैत । श्रीमानको कुटाईबाट विर्तामोड नगरपालिका वडा नं.–१० की सर्मिला राई घाइते भएकी छन् ।
श्रीमान जंग राईको कुटाइबाट घाइते भएकी सर्मिलाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । श्रीमानको कुटाईबाट घाइते भएकी सर्मिलाको तिघ्रामा चोट लागेको बताइएको छ ।
कुटपीटमा संलग्न राईलाई भने विश्वव्यापी रुपमा फैलिएको कोरोना कोभिड–१९ को जोखिमका कारण निगरानीमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
पारिवारिक समस्याका कारण उनीहरु अलग अलग बस्दै आएका थिए । स्रोतका अनुसार बैदेशिक रोजगारीबाट केही समयअघि फर्किएका जंगले सर्मिलासंग सम्बन्ध विच्छेदका लागि आवेदन दिएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला श्रीमानको कुटाईबाट श्रीमती घाइते

Most Popular

Recent Comments