Home शिक्षा भद्रपुरमा २५ शैयाको क्वारेन्टाइन

भद्रपुरमा २५ शैयाको क्वारेन्टाइन

भद्रपुर ७ चैत । कोभिड कोरोना–१९ को फैलंदो विश्वव्यापी महामारीलाई मध्यनजर गर्दै झापामा क्वारेन्टाइन स्थल निर्माण गरिएको छ ।

भद्रपुर नगरपालिका वडा नं.–१० स्थित कलवलगुडीमा अवस्थित ग्रामिण विकास प्रशिक्षण केन्द्रको भवनमा २५ शैयाको क्वारेन्टाइन स्थल निर्माण गरिएको हो ।
भद्रपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी लगायत सरोकारवाला निकायको सक्रियतामा कोरोनाको महामारी फैलिएको खण्डमा रोकथाम तथा न्यूनिकरणका लागि पूर्व तयारी स्वरुप क्वारेन्टाइनस्थल निर्माण गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अन्य स्थानीय तमा पनि स्थानीय तहको सहयोग र सरोकारवाला निकायको सक्रियतामा क्वारेन्टाइन स्थल स्थापनाको पहल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा भद्रपुरमा २५ शैयाको क्वारेन्टाइन

Most Popular

Recent Comments