Home समाचार समाचार टोल समिति गठन

टोल समिति गठन

विर्तामोड ७ चैत । नेपाली कांग्रेस अर्जुनधारा वार्ड नं–४ अन्तर्गतको २ नं टोल समिति सभापतिमा समिर निरौला चयन हुनुभएको छ ।
नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईको प्रमुख आतिथ्यमा आज (शुक्रबार) सम्पन्न कांग्रेस क्रियाशिल सदस्यहरुको भेलाले समितिको उपाध्यक्षमा जयनारायण हुमागाई, सचिवमा खगेन्द्र कट्टेल, सहसचिवमा होम मैनाली र कोषाध्यक्षमा शान्ता लुहागुनलाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा सुष्मा दनुवार, श्याम दनुवार, रञ्जन बस्नेत, टिका काफ्ले, गोविन्द खनाल, खेम गौतम, घनश्याम शिवाकोटी, सूर्य हुमागाई, अर्जुन गुरागाई र मित्र लुहागुन चयन हुनुभएको छ ।
नेपाली कांग्रेस अर्जुनधारा ४ नं वडा सभापति मदन थापाको सभापतित्वमा भएको सो कार्यक्रममा क्षेत्रीय प्रतिनिधि खेम काफ्ले, पूर्व क्षेत्रीय सदस्य नविन ओलीलगायतले पार्टी संगठनलाई टोल र वडा तहदेखि नै सुदृढ बनाएर अघि बढ्नुपर्ने भनाई राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार टोल समिति गठन

Most Popular

Recent Comments