Home समाचार समाचार दूरदर्शी राजनीतिक अभिभावकको अभाव

दूरदर्शी राजनीतिक अभिभावकको अभाव

इन्दु पूर्वेली
समयानुकुल चट्टानी निर्णय लिएर आफूले लिएको निर्णयमा आफ्नो दल र इतर दलका नेताहरुको पनि समर्थन जित्न सफल भएकै कारण २०४६–२०६६ (दुईदशक) भरी गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिको मियोको रुपमा स्थापित हुनुभयो ।
पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण कोइरालामा राजनीतिक चेत आउन खासै समय लागेन । वि.सं. १९८१ (सन् १९२५) मा कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाका कान्छा सुपुत्रका रुपमा भारत विहार राज्य, सहरसा जिल्ला टेडी गाउँमा गिरिजाप्रसाद कोइरालाको जन्म भयो । प्रजातान्त्रिक आन्दोलनमा लागेको आरोपमा कोइराला दम्पत्ति र सपरिवार निर्वासित जीवन विताइरहेका थिए त्यसबेला । उहाँ गर्भमा रहेका बेला कोइराला दम्पत्ति स्थानीय गिरिजादेवी मन्दिर गइरहन्थे । छोरा जन्मिए गिरिजाप्रसाद र छोरी जन्मिए गिरिजादेवी नाम राख्ने सल्लाह बमोजिम गिरिजाप्रसाद कोइराला नाम राखेको जीवित अवस्थामै कोइराला बताउनुहुन्थ्यो ।
उहाँले दिल्ली विश्वविद्यालय अन्तर्गत किरोरी मल कलेजबाट उच्च शिक्षा हासिल गर्नुभयो ।
भारतमा चलेको स्वतन्त्रता संग्राम अर्थात अंग्रेजलाई भगाउन सञ्चालित ‘भारत छोडो’ आन्दोलनलाई नजिकबाट नियाल्नुभएका कोइलाला वि.सं १९८५ सालमा परिवारसँगै नेपाल फर्कनुभयो । त्यसैवेलादेखि नेपालमा पनि राणा शासनका विरुद्ध आन्दोलनको प्रारम्भिक स्वरुप देखिदै थियो । भारतमा रहेको बलियो अंग्रेज शासक र त्यसकै आडमा रहेको नेपालको जहानिया राणा शासनको अन्त्य भारतबाट अंग्रेज हटाउन सकेमात्रै सम्भव थियो भन्ने कुरामा जनपक्षीय नेपाली राजनीतिको मियोको रुपमा रहेको कोइराला परिवार नै जानकार थियो ।
२००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना गरेर विराटनगरको जुटमिलबाट श्रमीक नेताको रुपमा उहाँले राजनीति शुरु गर्नुभयो । अहिले उक्त भातृ संस्था नेपाल टे«ड युनियन कांग्रेसको रुपमा स्थापित छ । लोकतन्त्रमा विश्वास राख्ने र बौद्धिक तथा शारीरिक सवै प्रकारको श्रम गर्ने श्रमीकहरु उक्त संस्थामा संगठित छन् । अर्थात् आफू र आफ्नो परिवारमा भएको राजनीतिक चेतलाई औपचारिक पदमा बसेर विचार र नेतृत्व दुवै प्रदान गर्न थाल्नुभयो । राणा शासनको अन्त्य र नेपालमा प्रजातन्त्र बहालीको आन्दोलनमा सक्रियतापूर्वक लाग्ने क्रममा परिवारसँगै जेल पर्नुभएका कोइराला राणा शासनको अन्त्यपछि मात्रै छुट्नुभएको थियो ।
२००७ सालमा प्रजातन्त्र प्राप्तिपछि २०१५ सालमा सम्पन्न आम निर्वाचनमा वी.पी. कोइरालाले नेतृत्व गर्नुभएको नेपाली कांग्रेस पार्टीले दुईतिहाइ बहुमत प्राप्त ग¥यो र महामानव वी.पी. कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा स्थापित हुनुभयो ।
नेपाल टे«ड युनियन कांग्रेसको संस्थापक अध्यक्ष, नेपाली कांग्रेस मोरङको जिल्ला सभापतिको जिम्मेवारी संहाल्दै हुनुहुन्थ्यो–गिरिजाप्रसाद कोइराला । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरी शासनब्यवस्था आफ्नो हातमा लिएर तत्कालीन प्रधानमन्त्रीलाई अपदस्त गरी निर्दलीय पञ्चायती शासन ब्यवस्था लाद्नुभयो ।
त्यसबेला तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण समशेरसहित अरू सयौं प्रजातन्त्रवादी नेताहरुलाई नजरबन्द गरियो । त्यही सुचिमा गिरिजाप्रसाद कोइराला पनि पर्नुभयो र लगातार सातबर्षसम्म जेलसजाय भोग्नुप¥यो । काठमाडांैको सुन्दरीजल जेलभित्रै रहँदा २१ दिनसम्म भोक हड्तालमा बसेपछि नजरबन्दमा राखेका नेताहरुलाई देश छाड्न नपाउने गरी थुनामुक्त गरियो ।
संगठित हुन नपाउने र राजनीतिक विचारसमेत सम्प्रेषण गर्न नपाउने ज्यादतीपूर्ण तत्कालीन पञ्चायती ब्यवस्थाका विरुद्ध नेपालमै बसेर संघर्ष गर्न नसक्ने अवस्था देखिएपछि वी.पी. कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह लगायतका प्रजातन्त्रवादी नेताहरु पुनः प्रवास गए । (त्यससमय नेपाली कांग्रेसका केही महाधिवेशन समेत भारतको पट्ना, फारवेसगञ्ज, बैरगनियासहित विभिन्न स्थानमा भएको इतिहास पाइन्छ ।)
रोजगारी, शिक्षा तथा अन्य विभिन्न कामका सिलसिलामा भारत गएका नेपालीहरुलाई भारत निर्वासनमा रहेका नेताहरुले प्रजातान्त्रिक गतिविधिमार्फत संगठित गर्दै नेपालमा बहुदलीय प्रजातन्त्रका लागि विभिन्न गतिविधि गरिरहे । त्यससमय नेपाली कांग्रेसमा रहेर पनि कृष्णप्रसाद भटराई, सूर्यप्रसाद उपाध्याय, केदारमान ब्यथित, रामहरी शर्मा, जगन्नाथ आचार्य, बासु रिसाललगायतका दर्जनौ नेताहरु स्वदेशमै बसेर तत्कालीन शासन ब्यवस्थाका विरुद्ध संघर्ष गरे भने वी.पी. कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायतका दर्जनौ नेताहरु प्रवासमा गएर त्यहाँ रहेका नेपालीहरुलाई बहुदलीय प्रजातान्त्रिक शासन ब्यवस्थाका लागि संगठित गर्ने काम गरे । वी.पी.ले त्यस समय नेपाली कांग्रेसको कार्यवाहक अध्यक्षको जिम्मेवारी कृष्णप्रसाद भट्टराइलाई दिएर उहाँ निर्वासित हुनुभएको थियो ।
२०२७ सालदेखि निर्वासित जीवन विताउनुभएका गिरिजाप्रसाद कोइराला आफ्ना दाजु वी.पी. कोइरालाले ‘राजनीतिमा कसैको कोही पनि स्थायी शत्रु हुँदैन’ भन्ने विराट भावना राखेर २०३३ सालमा मेलमिलापको नीतिसहित स्वेदश फर्कदा सँगै फर्कनुभएको थियो ।
वि.सं २०३२ सालमा भारतको पटनामा भएको कांग्रेसको महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला महामन्त्रीमा निर्वाचित हुनुभयो । २०३२ सालदेखि २०४७ सालसम्म निरन्तर महामन्त्रीको जिम्मेवारी संहाल्नुभएका कोइराला २०४६÷०४७ मा बहुदलीय प्रजातन्त्र प्राप्त भएपश्चात २०४८ सालमा सम्पन्न आम निर्वाचनपछि २०४८ साल जेठ १२ गते पहिलोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । २०४६÷०४७ मा सम्पन्न बृहद जनआन्दोलनको नेतृत्व नेपाली कांग्रेसका नेता गणेशमान सिंहले गर्नुभएको थियो भने बहुदलीय प्रजातन्त्रका लागि संघर्षरत नेपाली कांग्रेस, तत्कालीन नेकपा माले लगायतका दलहरुले संयुक्त रुपमा गरेको आन्दोलनबाट निर्दलीय पञ्चायती ब्यवस्था समाप्त भई संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातान्त्रिक ब्यवस्थालाई दलहरु र तत्कालीन राजा विरेन्द्र शाहले स्वीकार गरेका थिए ।
२०४८ सालमा बहुमत प्राप्त गर्दै सत्ताको नेतृत्व संहाल्न पुग्नुभएका नेता कोइरालाले आफ्नै दलको असहयोगका कारण २०५१ सालमा मध्यावधी निर्वाचन गर्न बाध्य हुनुप¥यो । सरकारका कामकारबाहीप्रति असन्तुष्टी जनाउँदै आफ्नै दलका सांसदहरुले राजीनामा गरेपछि २०५१ सालमा गरिएको मध्यावधी निर्वाचनमा अल्पमतमा परेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभएको थियो । २०४८ को आमनिर्वाचनमा मोरङ क्षेत्र नम्बर–१ र सुनसरी क्षेत्र नम्बर–३ बाट र २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर–१ र सुनसरीको क्षेत्र नम्बर–५ बाट निर्वाचित कोइराला २०५३ साल वैशाखमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभयो । २०५३ सालदेखि निरन्तर सभापतिको जिम्मेवारी संहाल्नुभएका कोइराला २०६६ साल चैत ७ गते निधन हुँदा पनि पार्टी सभापतिकै जिम्मेवारीमा हुनुहुन्थ्यो ।
सरकारमा लगातार चारपटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी संहाल्नुभएका कोइराला तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाले पदबाट राजीनामा गरेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेताका हैसियतले २०५५ बैशाख २ गते पुनः प्रधानमन्त्री नियुक्त हुनुभयो । त्यससमय कांग्रेस अल्पमतमै रहेपनि मालेसहितको दलको समर्थनमा उहाँ प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
त्यसबेला नेकपा एमाले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रहेपनि २०५४ साल फागुन २१ नेकपा एमाले र नेकपा मालेमा विभाजित भएपछि कांग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको थियो । २०५६ साल चैत ७ गते तेस्रो ७ देखि २०५८ भदौ ११ सम्म उहाँले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी संहाल्नुभएको थियो ।
२०५८ साल जेठ १९ गते तत्कालीन राजा विरेन्द्रको वंश विनास हुनेगरी भएको राजदरवार हत्याकाण्डपछि विरेन्द्रका भाई ज्ञानेन्द्र शाहले शासन सत्ता हत्याएर एकपछि अर्को गर्दै नागरिकका अधिकार कटौती गर्नु र २०५२ सालबाट नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वका कारण मुलुक आक्रान्त थियो । जनता त्रसित थिए, मुलुक द्वन्द्वमा फस्दै थियो भने २०५८ पछि उदय भएको तत्कालीन शाही सत्ताले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतासहितका एकपछि अर्को गर्दै नागरिकका अधिकार कटौती गरिरहेको थियो ।


२०४६ सालदेखि लगभग २०६० सालसम्म कम्युनिष्ट विरोधी छवी बनाउनुभएका गिरिजाप्रसाद कोइरालाले मुलुकलाई द्वन्द्वबाट बचाउन जीनवको उत्तराद्र्धमा निर्वाह गर्नुभएको भूमिका अतुलनीय छ, विश्वकै लागि उदाहरणीय छ । बन्दुकको नालबाट सत्ता प्राप्त गरेर सर्वहारा वर्गको अधिनायकत्वसहितको साम्यवादी राज्य ब्यवस्था (एकदलीय कम्युनिष्ट अधिनायकबाद) स्थापित गर्ने लक्षसहित सशस्त्र द्वन्द्वमा रहेको नेकपा माओवादीलाई शान्तिपूर्ण रुपमा ब्यालेटको राजनीतिमा ल्याउने कोइरालाको कार्य विश्व राजनीतिक इतिहासमै उदाहरणीय र अनुकरणीय छ । यसमा नेपाली कांग्रेसका तत्कालीन संगठन विभाग प्रमुख तथा कुशल शान्तिवार्ताकारको भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद सिटौलासहितका नेताहरुको भूमिका समेत उत्तिकै उल्लेख्य छ । तत्कालीन नेकपा माओवादी, नेकपा एमाले, नेकपा माले, नेमकिपा, जनमोर्चा नेपालसहितका सातदलको सक्रिय सहभागितामा २०६२÷०६३ को जनआन्दोलन सफल पार्न गिरिजाप्रसाद कोइरालाको नेतृत्व सफल भयो । दोस्रो जनआन्दोलनमार्फत नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने र दमनकारी शाही शासन ब्यवस्था परास्त गर्न उहाँले खेल्नुभएको भूमिका अतुलनीय छ ।
२०६३ साल बैशाख ११ मा आन्दोलनरत राजनीतिक दलले तयार पारेको घोषणापत्र पढेर आफ्नो नियन्त्रणमा लिदै गरेको राज्यसत्ता तत्कालीन राजा ज्ञानेन्द्रले जनताकै हातमा सुम्पिएपश्चात पुनः चौथोपटक प्रधानमन्त्रीको जिम्मेवारी कोइरालाले संहाल्नुभएको थियो ।
कहिलेकाहीं देश र जनताको हित हुने कार्यमा पार्टीका लागि अप्रिय लाग्ने निर्णय समेत गरेर कार्यान्वयन गर्न सफल कोइरालाको विशिष्टताले नै उहाँलाई पछिल्ला दुई दशकमा ‘क्रान्तिकारी नेता र अपरिहार्य ब्यक्तित्व’–को रुपमा स्थापित ग¥यो, नेपाली राजनीतिमा । संवैधानिक राजतन्त्रात्मक शासन ब्यवस्था कांग्रेसको विधानबाट हटाउने र २०६४ को संविधानसभा निर्वाचन उहाँका यस्तै चुनौतिपूर्ण निर्णय थिए । आफ्नो पार्टीले निर्वाचनमा हार्दैछ भन्ने आंकलन धेरै अनुसन्धानहरुले देखाइसकेका थिए । तर नेपाली कांग्रेसले २००७ सालदेखि उठाउँदै आएको संविधानसभाको मुद्दाले जित्दै थियो । देशमा दीर्घकालीन शान्ति स्थापना हुँदै थियो भने जनताले भोग्नुपरेको पीडा र त्रासदीपूर्ण जीवनको अन्त्य हुँदै थियो । देश, जनता र राजनीतिक विचारधाराले जित्दैगर्दा पार्टीको हार सामान्य हो भन्ने दुरदर्शिता राखेर उहाँकै नेतृत्वमा शान्तिपूर्ण रुपमा संविधानसभाको निर्वाचन गराउनुभयो र बर्षौदेखि कायम शाहवंशीय राजसंस्थाको वंशीय राज्यब्यवस्था प्रणालीको समेत शान्तिपूर्ण वहिर्गमन गराउन सफल हुनुभयो ।
२०६४ को संविधानसभा निर्वाचनमार्फत नेकपा माओवादी ठूलो दलको रुपमा स्थापित भएपछि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै पार्टी जिम्मेवारी संहाल्नुभएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएपश्चात नेपालमा अहिले पनि दृढनिश्चयी र दूरदर्शी राजनीतिक अभिभावकको खोजी भइरहेको छ । ब्यक्ति र पार्टीगत स्वार्थ त्याग गर्दै राष्ट्र, राष्ट्रियता, भू–अखण्डता र देश र जनताको सर्वोपरी हितका लागि कार्य गर्न सबै दललाई एकै ठाउँमा उभ्याउने अभिभावकीय क्षमतावान नेतृत्वको अभाव अहिले पनि खड्किरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार दूरदर्शी राजनीतिक अभिभावकको अभाव

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments