Home समाचार प्रस्ताव पारित, परिषद सदस्य असन्तुष्ट

प्रस्ताव पारित, परिषद सदस्य असन्तुष्ट

झापा ६ चैत । विर्तामोड नगरपालिकाको चौथो नगरसभामा प्रस्तुत प्रस्ताव पारित भएको छ ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख पवित्रा महतारा प्रसाईले २०७६ साल असार २५ गते तेस्रो नगरसभाबाट पारित नगरपालिकाको बजेट एक अर्ब १२ करोड ३२ लाख ४६ हजारको संशोधित आय–व्ययसहितको एक अर्ब ३९ करोड ३४ लाख ५२ हजार नौसय २१ रुपैयाँको बजेट प्रस्ताव गर्नुभएको थियो ।
चौथो नगरसभामा संशोधित बजेट पारित,नगर क्षेत्र भित्र निर्माण भएर नामाकरण गरिन बाँकी रहेका बाटा तथा पार्कहरुको शहिदहरुको नाममा नामाकरण, खेतियोग्य जमिन खण्डिकरण नियन्त्रण तथा बसोबासको जमिन छुट्ट््याएर कित्ता काट गरी जग्गा पास गर्ने प्रस्तुत तीनवटा प्रस्ताव पारित भएका थिए भने नगरसभामा प्रस्तुत गर्नका लागि तयार पारिएको फोहोर मैला सम्बन्धीको प्रस्ताव भने स्थगन गरिएको नगरप्रमुख शिवाकोटीले जानकारी गराउनु भएको थियो ।
नगरपालिकाले यसअघि फागुनमै चौथो नगरपरिषद बैठक राख्ने तयारी गरेपनि होली लगायत विभिन्न विदा परेकोले बैठक सरेको बताइएको छ ।
जमिनको विषयमा नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले प्रकाश पारेको कार्यक्रम परिषद बैठकको सहजीकरण जय तिम्सिनाले गर्नुभएको थियो ।

छलफल गर्न नदिएको भन्दै परिषद सदस्य असन्तुष्ट

विर्तामोड ६ चैत । विर्तामोड नगरपालिकाको चौथो नगरसभामा प्रस्तुत प्रस्तावमा छलफल गर्न नदिइ प्रस्ताव पारितको घोषणा गरेको भन्दै कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।
नगरपालिकाको विहीबार नगर कार्यपालिकाको कार्यालयको माथिल्लो तलामा बसेको चौथो नगरसभामा सहभागि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका छन् ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख पवित्रा महतारा प्रसाईले २०७६ साल असार २५ गते तेस्रो नगरसभाबाट पारित नगरपालिकाको बजेट एक अर्ब १२ करोड ३२ लाख ४६ हजारको संशोधित आय–व्ययसहितको एक अर्ब ३९ करोड ३४ लाख ५२ हजार नौसय २१ रुपैयाँको बजेट प्रस्ताव गर्नुभएको थियो ।
नगरसभामा दोस्रो प्रस्तावका रुपमा नगर क्षेत्र भित्र निर्माण भएर नामाकरण गरिन बाँकी रहेका बाटा तथा पार्कहरुको शहिदहरुको नाममा नामाकरण, तेस्रोमा खेतियोग्य जमिन खण्डिकरण नियन्त्रण तथा बसोबासको जमिन छुट्ट््याएर कित्ता काट गरी जग्गा पास गर्ने सम्बन्धीका प्रस्ताव मेयर शिवाकोटीले प्रस्तुत गर्नुभएको थियो भने चौथो प्रस्तावका रुपमा राखिएको फोहोर मैला सम्बन्धीको प्रस्ताव भने स्थगन गरिएको जानकारी गराउनु भएको थियो ।
प्रस्तुत विषयवस्तुबारे आफूहरुलाई थाहै नभएको र छलफल गर्ने मौका नदिनुका साथै राखिएका जिज्ञासाको समेत जवाफ नदिए बल मिच्याइको भरमा प्रस्ताव पारित गरेका भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाएका हुन् ।
सभा समापन भएको घोषणासंगै नगरप्रमुख बाहिरिए पनि उपप्रमुखलाई छलफलको अवसर नदिएको भन्दै केही समय परिषद सदस्यहरुले प्यासेजमा छेकेका थिए ।
विर्तामोड नगरपालिका वडा नं.–२ का नगेन्द्र संग्रौलाले नगरपालिका मनपरि ढंगले अघि बढेको टिप्पणी गर्दै कार्यालय सञ्चालनका विधि सिक्न आफ्नो वडामा आउन नेतृत्वलाई चुनौति दिनुभयो । नगरमा भए गरेका राम्रा नराम्रा सबै कामको समिक्षा गर्ने नगरसभामा कसैलाई बोल्नै नदिइ नगरप्रमुखले आफैं जबरजस्ती प्रस्तावहरु पारित भएको घोषणाले नगरभित्र स्वेच्छाचारिता बढेको उहाँको भनाई थियो ।
नगर परिषद नगरमा विकास निर्माणदेखि सञ्चालित विभिन्न कार्यक्रम कसरी सञ्चालन भइरहेका छन् नगरलाई कस्तो बनाउने भन्ने कुराको समिक्षा र छलफल गर्ने दिन भएको बताउँदै संग्रौलाले यस्तो महत्वपूर्ण विषयलाई नगर नेतृत्वले हल्का रुपमा लिएको बताउनु भयो । छलफल नै गर्न नदिइ पछि माइन्युटमा सबै कुरा समेट्ने संकेत पाएपछि संग्रौलाले नगरसभामा लेखिएको माइन्युटमा एकशब्द मात्रै थपिए मान्य नहुने बताउनु भयो ।
त्यस्तै वडा नं.–१० का भक्तसिंह राजवंशीले वडाले सिफारिस गरेर पठाएको योजनामा नगरबाट बजेट बृद्धि हुनु, वडा कार्यालयलाई मसलन्द खर्च विनियोजन नगरिनुको कारण तथा वडा कार्यालयले सिफारिस गर्न पाउने सिलिङ बजेट भन्दा उपभोक्ता समूहले चलाउने बजेटको दायराका बारेमा जिज्ञासा राखेका थिए । तर, आफ्नो जिज्ञासाको जवाफ नै नपाएको राजवंशीले बताउनु भयो ।
प्रस्तावहरुमा छलफल नै गर्न नदिएको हर्कमाया विकले बताउनु भयो । मेयरको प्रस्तावमाथि वडा नं.–१ ले मात्र ताली पड्काएको जानकारी दिंदै विकले भन्नुभयो–‘अरु कुनै पनि वडाका वडाध्यक्ष तथा नगरपरिषद सदस्यले प्रस्ताव पारितका लागि ताली बजाएनन् ।’ पूर्व निर्धारित तालिका अनुसार परिषद बैठक राखिएपनि प्रस्ताव प्रस्तुत गरेर छलफलका लागि केही दिन स्थगित गरेको भए राम्रो हुने उहाँको धारणा थियो ।
नगरपारिषदबाट सबै भन्दा अन्याय आफूमाथि भएको नगरपालिका वडा नं.–७ का कार्यवाहक अध्यक्ष चन्द्रकला पकवालले गुनासो गर्नुभयो । वडाध्यक्ष गंगाप्रसाद भट्टराईको निधन अघि गत असारदेखि नै कार्यवाहक अध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्दै आएकी पकुवालले नगरका तर्फबाट निर्णय नहुँदा आफूलाई काम गर्नै गारो भएको बताउनु भयो । काम गर्नका लागि नगरले बाधा नफुकाई दिंदा तत्काल अघि बढाउनु पर्ने ७ नं. वडाको वडा कार्यालयको भवन निर्माण प्रक्रिया समेत प्रभावित हुने पकुवालसहित अन्य वडाध्यक्षको भनाई छ । विर्तामोड नगरपालिकामा यो वर्ष वडा नं.–६ र ७ को भवन निर्माणका लागि टेन्डर आह््वान भएको स्रोतको भनाई छ ।
परिषदमा सहभागि नगरपरिषद सदस्य किशोरकुमार पौडेलले संसदमा के विषयमा छलफल हुँदैछ भन्ने कुरा पहिले नै सांसदलाई थाहा हुने तर नगरमा निर्णय के विषयमा हुँदैछ भन्ने कुरा परिषद सदस्यले थाहै नपाउनु आश्चार्यको कुरा भएको बताउनु भयो ।
परिषदमा सहभागी –१ नं वडाअध्यक्ष अग्नी पाण्डेले सार्वजनिक महत्वको प्रस्तावमा डोमालाल रंगशालाका बारेमा केही पनि नआएको भन्दै ध्यानाकर्षण गराएका थिए भने वडा नं.–८ का कार्यवाहक वडाध्यक्ष दिपक भट्टराईले नगरभित्रका सरकारी कार्यालयहरु एकै ठाउँमा केन्द्रित भएको भन्दै विकेन्द्रीत गर्न ध्यानाकर्षण गराएका थिए । सभा नौ बजेतिर शुरु भएको परिषद बैठक लगभग साढे १० बजे समापन भएको थियो ।
त्यसो त अधिकांस परिषद सदस्यले परिषदको नियमित बैठक राख्ने नै नगरिएको भन्दै गुनासो गरेका थिए । प्रत्येक महिनामा राख्नुपर्ने परिषद बैठक नेतृत्वको इच्छा अनुसार दुई महिना तीन महिनामा मात्र राख्ने गरेको उनीहरुको आरोप थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रस्ताव पारित, परिषद सदस्य असन्तुष्ट

Most Popular

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र...

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

Recent Comments