Home समाचार पत्रकार राईलाई गोर्खा टेलरिङको सहयोग

पत्रकार राईलाई गोर्खा टेलरिङको सहयोग

विर्तामोड ६ चैत । आर्थिक अवस्था कमजोर भएर पनि निष्ठाको पत्रकारितामा अविचलित रुपमा सक्रिय रहेको भन्दै पत्रकार इन्द्रकुमार राईलाई व्यवसायी तथा सञ्चारकर्मी बिरु दर्नालले आजीवन कपडा दिने वचनवद्धता गर्नु भएको छ ।
राष्ट्रिय पोशाकको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले झापाको विर्तामोडमा विगत साढे तीनवर्ष यता गोर्खा टेलरिङका सञ्चालक समेत रहनु भएका दर्नालले पत्रकार राईलाई हरेक साल नयाँ वर्ष र दशैंमा गरी दुई जोडी कपडा दिने वचनवद्धता गर्नुभएको हो ।
सो वचनवद्धता अनुरुप नजिकिंदो नयाँ वर्ष २०७७ सालमा कपडा प्रदान गरेर सो सत्कार्यको सुरुवात गर्ने दर्नालले बताउनु भयो । पत्रकारितामा क्रियाशिल राईको साधारण जीवन शैली र निरन्तरको लगावबाट प्रभावित भएर आफूले सामाजिक कार्य अन्तरगत उक्त निर्णय गरेको दर्नालले बताउनु भयो ।
अर्जुनधारा नगरपालिका–५ निवासी राईको निर्माणधिन घरमा विर्तामोड निवासी डिल्लीरमण शिवाकोटी र गीता शिवाकोटीले टिनको छाना लगाई दिने प्रतिवद्धता गरेका छन् । उक्त टिन लगाउनका लागि ट्रसको आवश्यकता रहेकोले सहयोग गरिदिन राईले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पत्रकार राईलाई गोर्खा टेलरिङको सहयोग

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments