Home समाचार आगलागीबाट २५ लाख बराबरको क्षति

आगलागीबाट २५ लाख बराबरको क्षति

झापा ५ चैत । प्रदेश १ का दुई जिल्लामा विद्युत सर्ट भइ आगलागी हुँदा ८ लाख मूल्य बराबरको क्षति भएको छ भने खोटाङको हात्तीटारमा अचानक आगलागी हुँदा १७ लाख मूल्य बराबरको क्षति भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
३ जिल्लाका फरक फरक ३ स्थानमा भएको आगलागीबाट एकै दिन २५ लाख मूल्य बराबरको क्षति भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको कमल गाउँपालिका–५ र मोरङको बुढीगंगा गाउँपालिका–१ मा विद्युत सर्ट भई आगलागी हुँदा आठ लाख मूल्य बराबरको क्षति भएको हो । झापाको कमल गाउँपालिका–५ का धन बहादुर बि.क.को घरबाट बिजुली सर्ट भई आगलागी हुदा छिमेकी सन्तोष बि.क. र सुजन बि.क. समेतको घरमा आगो फैलिंदा चारलाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी मोरङको बुढीगंगा–१ पुष्पलाल चोकका भवनाथ धमलाको किराना पसल रहेको एक कोठामा विद्युत सर्ट भइ आगलागी हुँदा चारलाख मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ ।
त्यसैगरी उता खोटाङ हलेसी हात्तीटारका लोकेन्द्र माझीको घरबाट अचानक आगलागी हुँदा छिमेकी सिता माझी र झनबहादुर थापा समेतको घरमा आगो फैलिएको थियो । आगलागीबाट घरसहित सुनका गरहगना तथा अन्य सर–सामग्री समेत जलेर नष्ट हुँदा १७ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार आगलागीबाट २५ लाख बराबरको क्षति

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments