Home समाचार तक्षशिलाको लक्ष्य विर्तामोडमै विश्वस्तरीय शिक्षा

तक्षशिलाको लक्ष्य विर्तामोडमै विश्वस्तरीय शिक्षा

सुविधा सम्पन्न भवनमा, कोरोना विरुद्ध सचेतना

झापा ४ चैत । झापाको विर्तामोडमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्घोषका साथ तक्षशिला एजुकेशन फाउण्डेशन (सनसाइन किण्डर हाउस) सुविधा सम्पन्न नयाँ भवनमा सरेको छ ।
विद्यार्थी र अभिभावकको सामुहिक प्रवेशका साथ कलाकार मिथिला शर्माले मंगलवार भवनको उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले तक्षशिला मुलुककै नमूना शिक्षालय बन्ने संभावना बोकेको बताउनु भयो \

बिर्तामोड–६ घण्टीबारीस्थित तक्षशिलाको भवन उद्घाटनसँगै विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभारसबाट बच्ने उपायबारे विद्यार्थी–अभिभावकलाई प्रयोगात्मक सचेतना पनि जगाइएको थियो ।
अभिभावक र विद्यार्थी विद्यालयको कम्पाउण्ड प्रवेश गरे लगत्तै साबुन पानीले अनिवार्य हात धुनुपर्ने व्यवस्था मिलाइएको थियो भने त्यसपछि व्यक्टेरिया नासक सेनिटाइजेशन हातमा लगाएर अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था थियो । आगन्तुकलाई विद्यालयले नै मास्क निःशुल्क व्यवस्था गरेको थियो । उपस्थितले हात मिलाउनु र एकापसमा अंकमाल गर्नुको सट्टा सबैले नमस्कारको अभिवादन गरेका थिए । सरकारले ठूलो भिडभाड नगर्न र ठूला सभा सम्मेलन नगर्न सूचना गरेपनि विद्यालयले चैत ५ गतेदेखि स्कूल विदा गर्नु अघिल्लो दिन कोरोना भाइरसविरुद्ध प्रयोगात्मक सचेतनाका लागि पनि भवन उद्घाटनसँगै अभिभावकलाई बोलाइएको निर्देशक दीपक गिरीले जानकारी दिनुभयो ।


विद्यालयको भवन प्रवेशको शुभसाइत मंगलवार जुरेको हुँदा सो कार्यमा अभिभावकलाई समेत आमन्त्रण गरिएको विद्यालयकी अध्यक्ष पूजा गिरीले बताउनु भयो ।
२१ करोड बढी लगानीमा ३२ कठ्ठा जग्गामा निर्मित तीन तले भवनको उद्घाटनका क्रममा क्षणमा प्रिन्सिपल श्रद्धा गिरी बोहोराले विद्यालयले विश्वस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्घोष गर्दै आगामी दिनमा अध्ययनका लागि बालबालिकाले नेपाल बाहिर जानु पर्ने अवस्थाको अन्त्य हुने बताउनु भयो ।
कार्यक्रममा शिक्षाविद् अन्वेष केसी र रिसव आचार्यले विद्यालयमा अत्याधुनिक सुविधासम्पन्न ल्याबहरुका साथ खेल्दै रमाउँदै विद्यार्थीले सिक्ने बताउँदै तक्षशिलामा अपनाइने शिक्षण विधिका बारेमा प्रकाश पारेका थिए । होलेस्टिक एजुकेशन सिष्टम, इन्डिभिज्युल स्टुडेन्ट फायल,

इन्डिभिज्युल स्टुडेन्ट प्लान सिष्टमसहित योजनाबद्ध र प्रविधिमैत्री शिक्षा विद्यार्थीले तक्षशिलामा प्राप्त गर्ने उनीहरुले जानकारी दिए ।
हाल कक्षा–६ सम्म अध्यापन भइरहेको तक्षशिलामा आगामी बैशाखबाट कक्षा ७ को पनि पठनपाठन हुने र हरेक बर्ष कक्षा ‘अपग्रेड’ गरी १० सम्मको पठनपाठन गराइने निर्देशक मनिष गिरी जानकारी दिनुभयो ।
कक्षा १०सम्ममा कूल नौ सयभन्दा बढी विद्यार्थी भर्ना नलिइने विद्यालयले जनाएको छ । विद्यालयमा स्वीमिङ पुल, बास्केटबल, स्कार्टिङ, व्याडमिन्टन, फुटबल, डान्स, म्युजिक, आर्ट लगायतका अतिरिक्त गतिविधि हुने विद्यालयका अर्का निर्देशक अंकीत गिरीले बताए । त्यस्तै छुट्टै पुस्तकालयको व्यवस्था गरिने जनाइएको छ ।

तक्षशिलाले विद्यार्थीको स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर उनीहरुलाई सिक्ने वातावरण सृजना गरी खेल्दै र रमाउँदै तालिम प्राप्त दक्ष शिक्षकहरुले सिकाउने बताइएको छ ।
विद्यार्थी अभिभावकमा उत्प्रेरणा जगाउने नयाँ र अनौपचारिक शैलीमा सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन तेजश्वी गिरीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार तक्षशिलाको लक्ष्य विर्तामोडमै विश्वस्तरीय शिक्षा

Most Popular

Recent Comments