Home समाचार कोभिड–१९ आपतकालिन कोष बनाउने

कोभिड–१९ आपतकालिन कोष बनाउने

चैत २ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले ‘कोभिड–१९’ आपतकालीन कोष बनाउने भएका छन् ।
आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपतकालीन कोष बनाउन प्रस्ताव गर्दै उक्त कोषमा भारतले १० मिलियन अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्नुभयो ।
यो कोषमा सार्क देशले रकम जम्मा गर्न सक्ने र यो रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च हुने मोदीले बताउनु भयो । उहाँले कोरोनासँग लड्न भारतले ¥यापिड रेस्पोन्स टिम बनाएको र आवश्यक परेमा अरु देशलाई पनि अनलाइन ट्रेनिङ दिइने जानकारी दिनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीको उक्त प्रस्तावमाथि नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाउनुभएको छ ।
दक्षिण एशियाका सात मुलुकहरुबीच साझेदारी र क्षेत्रीय विकासमा सहकार्य गर्न भनेर आजभन्दा ३५ वर्षअघि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क स्थापना भएको हो । सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलनबाट सार्कले औचारिकता पाएको थियो ।
सार्कमा नेपाल, भारत, भूटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिब्स र अफगानिस्तान रहेका छन् ।
सार्कका संस्थापक सरकार प्रमुखहरुमा भारतका राजीव गान्धी, भुटानका राजा जिग्मे, बंगलादेशका राष्ट्रपति हुसेन मोहम्मद एशार्त, पाकिस्तानका जियाउल हक, श्रीलंकाका जुलियस रिचर्ड जयबद्र्धने र मालिब्दभ्सका मौमुख अब्दुल गयुम थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोभिड–१९ आपतकालिन कोष बनाउने

Most Popular

Recent Comments