Home शिक्षा कोरोना–१९ संक्रमण/ मृत्यु

कोरोना–१९ संक्रमण/ मृत्यु

१ चैत । विश्वमै नियन्त्रणका लागि संकटका रुपमा देखिएको कोरोना भाइरसबाट शुक्रबार विहानसम्ममा विश्वमा चारहजार नौ सय ८४ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबारसम्म कुल एक लाख ३४ हजार ९ सय ४ जनामा संक्रमित मध्ये ७० हजार तीनसय ९४ जना सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृतक र संक्रमितको संख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको अहिले कम भएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।
गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस संक्रमणबाट चीनमा तीनहजार एकसय २७ मृत्यु भएको छ भने ८१ हजारमा संक्रमित भएका थिए ।
रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको संक्रमण फैलिएको बताइएको छ ।
अमेरिकामा यस भाइरसको संक्रमणबाट ४१ को मृत्यु भएको छ भने फ्रान्समा ६१ को मृत्यु भएको छ । त्यस्तै जापानमा १९ ज्यान गुमाउँदा इटालीमा एकहजार १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको तथ्याङ्क छ । चीन पछि बढी संक्रमण फैलिएको इटालीमा संक्रमितको संख्या १५ हजार एकसय १३ पुगेको छ ।
इरानमा १० हजार ७५ संक्रमित पुगेका छन् ।। चारसय २९ जनाको मृत्यु भएको इरानमा तीन हजार दुईसय ७६ जना उपचार गराएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणकै कारण स्पेनमा ८६, भारतमा २, पोल्याण्ड र अल्जेरियामा एक÷एकले ज्यान गुमाएका तथ्याङ्क सार्वजनिक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा कोरोना–१९ संक्रमण/ मृत्यु

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments