Home समाचार सकियो सैनिक महोत्सव

सकियो सैनिक महोत्सव

सैनिक । ‘सामाजिक एकता हाम्रो अभियान, समृद्ध सैनिक हाम्रो पहिचान’ भन्ने नाराका साथ विर्तामोड नगरपालिका वडा नं.–१० सैनिकमा सञ्चालित १३ दिने दोस्रो ऐतिहासिक सैनिक महोत्सव विहिबार समापन गरिएको छ ।
सैनिकबजारका उपनामले परिचित सो क्षेत्रमा भूपू सैनिकहरुले मेला लगाएर मात्रै बस्ती बसाउन शुरु गरेको परम्परा अनुसार आयोजना गरिएको मेलाको विहिबार समापन गरिएको थियो । वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा सम्पन्न महोत्सव समापनमा वडा सदस्य गीता घिमिरेले स्वागत गर्नु भएको थियो भने सञ्चालन वडास्तरिय महिला सञ्जालका सचिव सिर्जना मोक्तानले गर्नुभएको थियो ।
समापन कार्यक्रममा वडा सदस्य भक्तसिं राजवंशी, बुद्धिजीवीकातर्फबाट कृष्ण पोखरेल, टोल समितिका तर्फबाट मोहनकुमार उप्रेती लगायतले मन्तब्य राखेको महिला सञ्जालका अध्यक्ष खिलेश्वरी पाण्डेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सकियो सैनिक महोत्सव

Most Popular

Recent Comments