Home समाचार नगरपालिकाद्वारा कृषकलाई औजार अनुदान

नगरपालिकाद्वारा कृषकलाई औजार अनुदान

बिर्तामोड ३० फागुन । बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले ७० जना किसानलाई कुटी काट्ने मेसिन (च्यापकटर) उपलब्ध गराएको छ । नगरपालिका र सहारा नेपाल साकोसले पशुपालक किसानलाई कुटी काट्ने मेसिन शुक्रबार एक कार्यक्रमका विच वितरण गरेको छ ।


नगरपालिकाको परिसरमा आयोजना गरिएको वितरण कार्यक्रममा सहभागी किसानलाई यसको महत्व र नगरको योजना बुझाएर उक्त सामग्री वितरण गरिएको छ । नगरपालिकाको ५० र सहारा नेपालको २० थान मेसिन नगरप्रमुख धु्रवकुमार शिवाकोटीले किसानलाई हस्तान्तरण गर्नुभयो।
वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले पशुपालनमा किसानलाई प्रोत्साहन गर्न मेसिन वितरण गरिएको जानकारी दिनुभयो । उहाँले नगरमा ६ सय ८७ किसानको आवेदन परेको जानकारी दिनुभयो । शिवाकोटीले भन्नुभयो– ‘वास्तविक किसानलाई मेसिन दिएका छौं । उन्नत गाई पाल्नुहोस्, गोवर ग्यास चलाउनुस् र शुद्ध दुध बजारमा पु¥याउनुहोस् ।’ दुधमा पानी नहाल्न सुझाउँदै मेयर शिवाकोटीले नगरको मुख्य लक्ष्य विषादी मुक्त र प्रदुषणमुक्त नगर रहेको बताउनु भयो ।
कार्यक्रममा वडाध्यक्ष पवित्रा पाठकले पाएको अनुदानको सामग्रीबाट भरपुर उपयोग गरेर लाभ लिन किसानलाई आग्रह गर्दै अनुदानको सामग्रीमा माकुराले जालो लाए पुनः अनुदान नपाउने स्पष्ट पार्नुभयो । मेसिन पाउने किसान नन्दु उप्रेतीले वास्तविक किसानलाई पहिचान गरेर सामग्री प्रदान गरेको भन्दै धन्यवाद दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नगरपालिकाद्वारा कृषकलाई औजार अनुदान

Most Popular

Recent Comments