Home समाचार नारी दिवसको अवसरमा मनोपरामर्श शिविर

नारी दिवसको अवसरमा मनोपरामर्श शिविर

शनिश्चरे २२ फागुन । ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा १ दिने मनोपरामर्श सेवा शिविर विहिवार खुदुनावारीमा सम्पन्न भएको छ ।
जलेश्वर सामुदायिक सिकाई केन्द्र र सुखानी कृषि सहकारी संस्थाको संयुक्त आयोजना तथा धनवन्तरी आयूर्वेदिक चिकित्सक तथा मनोपरामर्श दाताको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।


स्थानीय बेलटार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सभाहलमा भएको शिविरको उद्घाटन अर्जुनधारा नगरपालिका–३ का वडाध्यक्ष जीवन भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रमको औचित्यमाथि जलेश्वर सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष देवकला प्रसाईले प्रकाश पार्नु भएको थियो । शिविरमा मनोपरामर्श दाताद्वय डा. नविन बास्तोला र सन्तोष घिमिरेले स्वास्थ्य तथा मनोपरामर्श सम्बन्धी सेवा प्रदान गरेका थिए ।
उपाध्यक्ष प्रसाईको अध्यक्षता तथा वडाध्यक्ष भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा शान्ति सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडा लगायतले मन्तव्य राखेका थिए ।
इन्दिरा दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वागत अर्जुन निरौलाले गर्नुभएको थियो । शिविरमा स्थानीय ६० जना बढीको सहभागिता रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नारी दिवसको अवसरमा मनोपरामर्श शिविर

Most Popular

Recent Comments