Home समाचार विराट सहकारी आफ्नै भवनमा

विराट सहकारी आफ्नै भवनमा

विर्तामोड २१ फागुन । झापाको विर्तामोड–३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको नव निर्मित भवनको बुधवार आयोजित एक समारोहका बिच समुद्घाटन गरिएको छ ।
नवनिर्मित भवनको राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश पोखरेलले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो । भवन समुद्घाटनसंगै सहकारीले अब आफ्नै भवनबाट सेवा प्रवाह प्रारम्भ गरेको बताइएको छ ।

सहकारीको भवन उद्घाटन कार्यक्रममा सहभागी संस्थाका सदस्यहरु ।


संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माण समितिका संयोजक पर्शुराम सिटौलाले भवन निर्माणमा लागेको खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, विराट बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार उमानाथ ओली, डिल्ली सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही कार्यक्रमकाबीच संस्थाका २ दर्जन बढी ज्येष्ठ शेयर सदस्यहरुलाई नगदसहित सम्मानद्वारा सम्मान गरिएको थियो । साथै भवन निर्माण समिति संयोजक पर्शुराम सिटौला र ठेकेदार सम्फी दासलाई प्रमाणपत्र सहित सम्मान गरिएको कार्यक्रममा भिमा शिवाकोटीले सहभागीलाई स्वागत र सञ्चालन रुद्र सिटौलाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विराट सहकारी आफ्नै भवनमा

Most Popular

Recent Comments