Home समाचार नख्खु जेल ‘ब्रेक’ गर्ने घिमिरे भारतमा मृत फेला

नख्खु जेल ‘ब्रेक’ गर्ने घिमिरे भारतमा मृत फेला

विर्तामोड २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोद्धा तथा झापा बिद्रोहका योद्धा धर्मप्रसाद घिमिरे मंगलबार मृत भेटिएका छन् । विगत तीनदिनदेखि हराइरहेका उनी भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार मंगलवार विहानको राति बागडोग्राको प्रहरी कार्यालय भन्दा ३ किलोमिटर पश्चिम एसियन हाइवेमा घिमिरेलाई भारतीय प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।
बिक्रम सम्वत् २०२८÷०२९ सालमा भएको झापा विद्रोहका क्रममा पक्राउ परेका घिमिरेले ९ वर्ष चरम यातनासहित जेल सजाँय भोगेका थिए ।
झापाका बिद्रोहमा नख्खु जेल ब्रेक गर्ने योद्धामध्येका एक ७५ वर्षिय घिमिरे २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं.–१ मा तत्कालिन माओवादी पार्टीका तर्फबाट सभाषद निर्वाचित भएका थिए ।
मेचीनगर–१३ दुहागढी घर भएका उनी २०२३ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताइएको छ । विगत ८ वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजिकैको चारआली बजार जान्छु भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्क विहीन भएपछि परिवारले खोजी गरिरहेको थियो ।
एसियन हाइवेमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै उनको मृत्यु भएको भारतीय प्रहरीबाट जानकारी आएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नख्खु जेल ‘ब्रेक’ गर्ने घिमिरे भारतमा मृत फेला

Most Popular

हुण्डाईको ‘नयाँक्रेटा-दि अल्टिमेट एस.यू.भि’नेपाली बजारमा

झापा । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्रआधिकारिक बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको “नयाँ क्रेटा(दि अल्टिमेट एस.यू.भि”नेपाली बजारमा सार्वजनिक गरेको छ । सो...

सयपत्रीमा यामाहाको जेडआर स्कूटर

विर्तामोड । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ विर्तामोडमा सार्वजनिक गरिएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ...

कोरोनाबाट २४ घण्टामा १ हजार ४९७ मा संक्रमण, १७ को निधन

झापा । पछिल्लो २४ घण्टामा ११ हजार ४५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४९७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने यो...

पारिश्रमिक नदिने विद्यालय बिरूद्ध इस्टुले कानूनी उपचार खोज्ने

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको असोज ३ गतेको जिल्ला भेलाको निर्देशन अनुसार श्रम ऐन तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त...

Recent Comments