Home मनोरञ्जन चर्चा बटुल्दै छोराछोरी

चर्चा बटुल्दै छोराछोरी

विर्तामोड २० फागुन । नेपाली म्युजिक भिडियोको बजारमा अहिले छोराछोरी म्युजिक भिडियो निकै चर्चामा रहेको छ । समाजभित्र देखिएका वास्तविकतालाई टपक्क टिपेर आफ्नै भाषा,

भाका र शैलीमा रचना गरिएको छोराछोरी बोलको गीतले स्रोता तथा दर्शकको मन खिचेको पाइन्छ ।
रोजगारी होस्, अध्ययन जुनसुकै माध्यमबाट भएपनि नेपाली युवा युवती विदेश पलायन हुने बढ्दो क्रम र त्यसले समाजमा पारेको नकारात्मक असरलाई बहुमुखि प्रतिभाका धनी मातृकाप्रसाद संग्रौलाले नेपाली लोकलयमा उतारेका छन् । छोराछोरीले विदेशमा डलर कमाइरहँदा स्वदेशमा बृद्ध बुबा–आमाको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई गीत तथा म्युजिक भिडियोले छर्लङ्ग पारेको छ ।
संग्रौलाको आफ्नै शब्द, शैली र स्वरमा सार्वजनिक म्युजिक भिडियोमा जनक खड्का र भगवनी न्यौपानेले अभिनय गरेका छन् । पदम तामाङको निर्देशनमा बनेको सो म्युजिक भिडियो भुपेन्द्र गुरुङको छायाङ्कन सम्पादन रविन थापा मगरको रहेको छ ।
विदेशिएका छोराछोरी विदेशकै सेवा, सुविधामा रमाउँदा नेपालमा उनीहरुका आमाबुबाले बेसहारा झैं भनेर बस्नु परेको ह्ृदयविदारक वास्तविकतालाई गीतकार संग्रौलाले सर्लक्क शब्दमा उतारेका छन् ।
सन्तानको विदेश मोहले बुढेसकालमा बाबु–आमा वेवारिसे बन्नुपरेको अवस्थालाई मन छुने शब्द र लोकलयले धेरैको मन खिचेको छ । खड्का, न्यौपाने साथै बीरबहादुर भुजेल लगायतले सहभागिता रहेको म्युुजिक भिडियो हाइलाइष्ट्र नेपालले बजारमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन चर्चा बटुल्दै छोराछोरी

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments