Home समाचार समाचार कांग्रेसलाई पाँच परिवारले दिए जग्गादान, दातालाई सम्मान

कांग्रेसलाई पाँच परिवारले दिए जग्गादान, दातालाई सम्मान

विर्तामोड १७ फागुन । नेपाली कांग्रेसको २ नं क्षेत्रको क्षेत्रीय कार्यालय तथा विभिन्न गाउँ÷नगर र वडा कार्यालयका लागि जग्गा उपलब्ध गराउने दाताहरुलाई शनिबार आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को क्षेत्रीय सम्मेलनका बीच दाताहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को क्षेत्रीय कार्यालय स्थापनाका लागि स्व. सि.के. प्रसाईकी धर्मपत्नी गिरिराजकुमारी प्रसाई छोरा विवेक र बुहारी संगिता प्रसाईले स्व. सि.के. प्रसाईको स्मृतिमा महानन्दचोक नजिक रहेको १ करोड मूल्य बराबरको १ कठ्ठा जग्गा प्रदान गर्नुभएको छ ।
यसैगरी विर्तामोड नगर समितिको कार्यालय निर्माणका लागि नेपाली कांग्रेसका पूर्व सचिव स्व.लक्ष्मण खड्काकी धर्मपत्नी अञ्जु खड्काले स्व. लक्ष्मण खड्का स्मृति भवनका लागि १ करोड २५ लाख मूल्य बराबरको विर्ताबजारमा रहेको १ कठ्ठा जग्गा उपलब्ध गराउनुभएको छ ।


यसैगरी बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका रमेश भुजेल र उहाँकी श्रीमती विनिता पौडेलले नेपाली कांग्रेस बुद्धशान्तिको कार्यालय निर्माणका लागि ५० लाख मूल्य बराबरको एक कठ्ठा जग्गा उपलब्ध गराउनुभएको छ । उक्त स्थानमा समितिको कार्यालय स्थापना भइसकेको

बताइएको छ ।
यसैगरी नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालय स्थापनाका लागि प्रजातान्त्रिक सेनानी पूर्णवहादुर ढकालको स्मृतिमा उहाँका भाइ हिक्मत ढकाल र सेवन्त ढकालले ५० लाख मूल्य बराबरको १ कठ्ठा जग्गा प्रदान गर्नुभएको छ । उक्त जग्गामा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको ने.कां . अर्जुनधारा नगर समितिका अध्यक्ष हेमराज खरेलले जानकारी दिनुभयो ।
यसैगरी नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका वार्ड नं–३ को कार्यालय भवन निर्माणका

लागि मित्रबहादुर चेम्जोङले १० धुर जग्गा उपलब्ध गराउनुभएको छ ।

जग्गा उपलब्ध गराउने सबै दाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय केशवकुमार बुढाथोकी र सरिता प्रसाई, नेपाली कांग्रेसका सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार कांग्रेसलाई पाँच परिवारले दिए जग्गादान, दातालाई सम्मान

Most Popular

Recent Comments