Home समाचार अनलाइन पत्रकारिताबारे अन्तरक्रिया

अनलाइन पत्रकारिताबारे अन्तरक्रिया

विर्तामोड १४ फागुन । विर्तामोडमा आज आयोजित एक कार्यक्रमकाबीच अनलाईन पत्रकारिताका विषयमा छलफल भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना तथा विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न अन्तरक्रिया अनलाइन पत्रकारिता, चुनौती र सम्भावनामा छलफल भएको थियो ।
नेपालमा अनलाइन पत्रकारिताको शुरुवात, अनलाईन पत्रकारिताको व्यापकता, सावधानी, वर्तमान अवस्थामा अनलाईन पत्रकारितामा देखिएको समस्या, न्यूज कपी र पुष्टिका आधार, र अनलाईन सञ्चालक पत्रकारको जिम्मेवारी, प्रविधिको प्रयोग, अनलाइन मिडियाको डेक्स, जिम्मेवारी र त्यसमा हुनुपर्ने गुण अनलाईन सञ्चार उद्योगीको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।
विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा भानुभक्त आचार्य र अरुण बरालले सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीले स्वागत गरेको पहिलो चरणको कार्यक्रमको सञ्चालन सह–सचिव केशव भट्टराई र दोस्रो चरण अन्तरक्रियाको सहजीकरण सन्तोष आचार्यले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार अनलाइन पत्रकारिताबारे अन्तरक्रिया

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments