Home समाचार भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान

भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान

विर्तामोड १० फागुन । कांग्रेस झापाका पूर्व सभापति तथा संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीले कम्युनिष्ट सरकारले गरेका भ्रष्टाचार र अनियमितताको टोल र वडा तहदेखि नै जनताकाबीचमा भण्डाफोर गर्न कार्यकतालाई आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस बिर्तामोड १ नम्बार वडासमितिद्वारा शनिबार ड्रिमल्याण्डपार्कमा आयोजित कार्यकर्ता भेला तथा बनभोज कार्यक्रकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शिवाकोटीले कम्युनिष्टले गरेका भ्रष्टाचार, बेथिति र पक्षपातबाट आजित भएका जनता काँग्रेसलाई पर्खिएर बसेको बताउनुभयो ।
पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले जनताका साह्रो, गाह्रो, अप्ठ्यारोमा सहयोग गर्दै कम्युनिष्टहरुले बाँडेका झुठा आश्वासन र भ्रमको जालो तोडेर जनतालाई लोकतन्त्रको मर्म बुझाउँदै साँचो कुरा बताउन कार्यकर्तालाई आह््वान गर्नुभयो ।
नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाले कार्यकर्ताबीचको आपसी मिलाप र सद्भावले पार्टी बलियो हुने बताउँदै आफैंमा घात अन्र्तघात नगर्ने हो भने काँग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका जिल्ला सदस्य तथा बिर्तामोड नगरका मेयरका प्रत्यासी जलकुमार गुरुङ्ग, नेपाल ट्रेड युनियन काँग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल महिला संघ झापाका अध्यक्ष शुसिला ढकाल,बिर्तामोड नगरपालिका ४ नं.वडा अध्यक्ष कुलप्रसाद संग्रौला लगनयतले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेकाँ. १ नं. बडा सभापति नगेन्द्र बस्नेतको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक बलराम कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रेम घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कृष्ण थापाले खडेरी कविता वाचन गर्नुभएको सो अवसरमा मनोरञ्जनात्मक गीत र नृत्यहरु प्रस्तुत गरिएका थिए भने कोषाध्यक्ष बिकास बस्नेतले कार्यक्रम सञ्चालन गर्दा लागेको खर्चको आय व्यय बिवरण प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान

Most Popular

Recent Comments