Home समाचार बुहारी ग्याङको सहयोग अपाङ्गलाई

बुहारी ग्याङको सहयोग अपाङ्गलाई

शनिश्चरे १० फागुन । सामाजिक सञ्जाल फेसबुक मार्फत संगठित भएको मेची महाकाली बुहारी ग्याङले शनिबार झापाको अर्जुनधारामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ ।
अभियानका संयोजक यमु शर्मा सुब्बाको उपस्थितीमा भएको कार्यक्रममा केन्द्रलाई चामल, दाल, आलु, तेल, साबुन, प्याज तथा फलफुल हस्तान्तरण गरिएको हो । आश्रममा ९ जना बालबालिका बस्दै आएका छन् । शारीरिक रुपमा असक्त कृष्णदेब दुलालको सक्रियतामा सञ्चालित केन्द्रले शिक्षकको ब्यवस्था गरेर आश्रममा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराउँदै आएको छ ।
काठमाडांै घर भइ अमेरिका बस्दै आएकी संयोजक सुब्बाको सक्रियतामा ६ महिना अघि संगठित समुहले बिभिन्न स्थानमा त्यसरी सहयोग गर्दै आएको बताइएको छ । झापा देखि कञ्चनपुरसम्मका ७७ वटै जिल्लामा नेटवर्क रहेको मेची महाकाली बुहारी ग्याङले यो चरणमा चितवन, सुर्खेत, झापा र काठमाडांैमा सहयोग हस्तान्तरण गर्ने जनाएको छ ।
झापामा रहेका बुहारी ग्याङका सदस्यहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग अभियानको तयारी गरेको अम्बिका मैनालीले जानकारी दिनुभयो । बिरामी भएर उपचार गर्न नसकेका सदस्यहरुलाई ग्याङले सहयोग गर्ने समेत सदस्य मैनालीले बताउनु भयो ।
बुहारी ग्याङका सदस्यले जन्मदिनको खर्च कटाएर बृद्धाश्रम, बालआश्रम लगायतमा सहयोग गर्ने योजना बनाएको झापा संयोजक चन्द्रा काफ्लेले बताउनु भयो । ७७ जिल्लामा फैलिएको सो सञ्जालका सदस्यले हरेक जिल्लामा यस्तै अभियान सञ्चालन गरिरहेको काफ्लेको भनाई छ । हालसम्म अभियानमा देशभरका ३ हजार ७ सय सदस्य जोडिएको अभियानकर्ता गंगा ग्रिस्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बुहारी ग्याङको सहयोग अपाङ्गलाई

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments